रियालन्स स्पिनिङको आइपिओ जारी प्रक्रिया अदालतले रोक्यो, साउन १४ मा दुवै पक्षबीच छलफल



बिजमाण्डू
२०८१ असार २७ गते २०:५४ | Jul 11, 2024
रियालन्स स्पिनिङको आइपिओ जारी प्रक्रिया अदालतले रोक्यो, साउन १४ मा दुवै पक्षबीच छलफल

काठमाडौं। उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आइपिओ निष्कासन प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

Tata
GBIME
Nepal Life

न्यायाधीश अञ्जु उप्रेती ढकालको एकल इजलासले सर्वसाधारण नागरिकको लगानी सुरक्षाका दृष्टिले २७ गतेबाट हुन लागेको निष्कासन प्रक्रिया तत्काल अघि नबढाउन अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको छ। साउन १४ गते दुवै पक्षलाई अदालतले छलफलमा बोलाएको हो।

रिलायन्सले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि सेयर जारी गर्न लागेको थियो।

सोविरुद्ध प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि चासो राख्दै नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको थियो। अपरिष्कृत र लेखाको सिद्धान्त विपरीतको विवरणलाई आधार मानेर आइपिओ जारी गर्न लागेको भन्दै उच्च अदालतमा रिट दायर भएको थियो।