सिंहदरबारभित्रै बाल श्रमिक, काठमाडौं महानगरपालिकाको टोलीले गर्‍यो उद्धार

बिजमाण्डू
२०८१ जेठ ३० गते १७:१४ | Jun 12, 2024
सिंहदरबारभित्रै बाल श्रमिक, काठमाडौं महानगरपालिकाको टोलीले गर्‍यो उद्धार

काठमाडौं। कानुन अनुसार बालबालिकालाई काममा लगाउन पाइँदैन। बाल श्रमिक राख्नु दण्डनीय हो। तर, मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बाल श्रमिक राखेको पाइएको छ।

Tata
GBIME
काठमाडौं महानगरपालिकाको टोली सिंहदरबारमा

काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट ३ जना बाल श्रमिकको उद्धार गरेको छ।

काठमाडौं महानगरपालिकाको टोली सिंहदरबारभित्रको क्यान्टिनमा

महानगरको टोलीले विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर बुधबार सिंहदरबारभित्र केन्द्रीय सर्भिस सेन्टरकाे भवनमा रहेकाे केन्द्रीय चमेना गृहबाट ३ जनाको उद्धार गरेको हो।

काठमाडौं महानगरपालिकाको टोली सिंहदरबारभित्रको क्यान्टिनमा
काठमाडौं महानगरपालिकाको टोली सिंहदरबारभित्रको क्यान्टिनमा

यसअघि महानगरले ३७ जना बालबालिकालाई उद्धार विभिन्न ६ वटा संरक्षण गृहमा राखेको थियो।

काठमाडौं महानगरपालिकाको टोली सिंहदरबारमा