काठमाडौं। कानुन अनुसार बालबालिकालाई काममा लगाउन पाइँदैन। बाल श्रमिक राख्नु दण्डनीय हो। तर, मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बाल श्रमिक राखेको पाइएको छ।
काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट ३ जना बाल श्रमिकको उद्धार गरेको छ।
महानगरको टोलीले विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर बुधबार सिंहदरबारभित्र केन्द्रीय सर्भिस सेन्टरकाे भवनमा रहेकाे केन्द्रीय चमेना गृहबाट ३ जनाको उद्धार गरेको हो।
यसअघि महानगरले ३७ जना बालबालिकालाई उद्धार विभिन्न ६ वटा संरक्षण गृहमा राखेको थियो।