टीभीएसले नयाँ बानेश्वरमा सञ्चालनमा ल्यायो नयाँ सोरुम, सान्भी अटो लिंक सब डिलर

बिजमाण्डू
२०८१ जेठ ११ गते १२:०१ | May 24, 2024
टीभीएसले नयाँ बानेश्वरमा सञ्चालनमा ल्यायो नयाँ सोरुम, सान्भी अटो लिंक सब डिलर

काठमाडौं। टीभीएस बाइक तथा स्कुटरको नयाँ सोरुम काठमाडौंको नयाँ बानेश्वरमा खुलेको छ।

Tata
GBIME

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सान्भी अटो लिंकलाई नयाँ सब डिलर दिइ सोरुम सञ्चालनमा ल्याएको हो। कांग्रेस सांसद दुर्लभ थापा र कलाकार सन्दीप क्षत्रीले सोरुम उदघाटन गरे।

उपभोक्ताहरुको बाइक तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यका सोरुम सञ्चालनमा ल्याइएको सान्भी अटो लिंकले जनाएको छ। कम्पनीले स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार लगायत सेवा प्रदान गर्ने लक्ष्य राखिएको जनाएको छ।