सीप मेलापछि महानगरको लोकसेवा तयारी कक्षा सुरु, आजबाट १७७ जनाले पढ्न थाले

बिजमाण्डू
२०८१ जेठ ६ गते ११:५७ | May 19, 2024
सीप मेलापछि महानगरको लोकसेवा तयारी कक्षा सुरु, आजबाट १७७ जनाले पढ्न थाले


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ। आवेदन दिएका २०५ जनाले मध्ये १७७ जनालाई छनोट गरेर कक्षा संचालन भएको हो।

Tata
GBIME
NLIC

चैतन्य एकेडेमीसँगको सहकार्यमा महानगरले तयारी कक्षा संचालन गरेको हो। कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन्। यस्तै १०५ जना शाखा अधिकृत पदका लागि पढ्दैछन्।

तालिम आउँदो भाद्र महिनासम्म संचालन हुनेछ। तालिममा महानगरपालिकाको स्थायी बासिन्दाहरु सहभागी छन्।

तालिमको उद्घाटन आज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले गरेका थिए। उनले व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै बौद्धिक विकासका कार्यक्रम एकै पटक संचालन गर्न थालिएको बताए।

हाल महानगरले टुँडिखेलमा सीप मेला पनि संचालन गरिरहेको छ।