श्रमले माग्यो व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको दरखास्त, अनुभवीलाई ग्राह्यता



बिजमाण्डू
२०८१ बैशाख १८ गते ०९:३३ | Apr 30, 2024

काठमाडौं। सरकारले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार सूचना जारी गर्दै योग्य र इच्छुकसँग दरखास्त माग गरेको छ।

Tata
GBIME
Nepal Life

न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर माग गरिएको छ। सरकारी वा गैरसरकारी संघसंस्था वा कुनै कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा रही श्रम, रोजगार, उद्योग, वाणिज्य, व्यापार, प्रशासन, राजस्व, इञ्जिनियरिङ, व्यवस्थापन वा व्यावसायिक तालिमको क्षेत्रमा कम्तिमा १० वर्षको
अनुभव हुनुपर्ने पनि योग्यतामा तोकिएको छ। आवेदक ४० वर्ष उमेर पुगेको हुनु पर्नेछ।

समितिसँग आफ्नो वा आफ्नो परिवारको सदस्यको निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको वा कर चुक्ता गरेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको हुनुपर्ने तोकिएको छ।

यस्तै किर्ते वा जालसाजीको आरोपमा सजाय नपाएको र प्रचलित कानुन बमोजिम कालोसूचीमा नपरेको पनि हुनु पर्नेछ।

दरखास्तसँगै उम्मेदवारले व्यावसायिक कार्ययोजना पनि बुझाउनु पर्छ। कार्ययोजना बढीमा पाँच हजार शब्दसम्मको पेस गर्नु पर्छ। आवेदन दस्तुर २ हजार ५ सय रुपैयाँ छ भने आवेदन दिने समयावधि १५ दिनको छ।