सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, नेपाल राष्ट्र बैंकले गर्‍यो सम्मान

बिजमाण्डू
२०८१ बैशाख १४ गते १६:४७ | Apr 26, 2024
सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, नेपाल राष्ट्र बैंकले गर्‍यो सम्मान


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइएमई लिमिटेडलाई सम्मान गरेको छ। बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरिएको हो।

Tata
GBIME
NLIC

सो आर्थिक वर्ष आइएमईबाट २७.५ प्रतिशत रेमिटेन्स भित्रिएको थियो। गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरेका थिए।

कार्यक्रममा आइएमई लिमिटेडबाट पौडेलले राष्ट्र बैंकले प्रदान गरेको सम्मानबाट ग्राहकहरूलाई थप भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधि सहितको रेमिटेन्स सेवा प्रदान गर्न कम्पनीलाई हौसला मिलेको बताएका थिए।

आइएमईले स्थापनाकाल देखि नै देशभर रेमिटेन्स सेवालाई प्रभावकारी बनाउन प्रयास गरिरहेको जनाएको छ। हाल देशभर २२५ वटा आइएमई सेन्टर संचालनमा छन्। यस्तै, ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत कम्पनीले विदेशमा रेमिटेन्स सेवालाई संचालन गरिरहेको छ।

पछिल्लो समय आइएमईले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै कार्य गरिरहेको छ। आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा संचालन भइरहेको छ।