
काठमाडौं । काठमाडौं महानगरपालिकाले वैशाख १९ देखि युवाहरुलाई सीपमूलक व्यावसायिक तालिम प्रदान गर्ने भएको छ। त्यसका लागि महानगरले ३२ वटै वडालाई युवा सहभागिताका लगि पत्र लेखेको छ।
नि:शुल्क तालिममा ३२ वटै वडाका बासिन्दालाई प्राथमिकतामा राखिएको भन्दै महानगरले बढीभन्दा बढी युवा सहभागी गराई साथ दिन आह्वान गरेको हो।
पछिल्लो समय महानगरले जुत्ता बनाउने, माली, सेक्यूरिटी गार्ड जस्ता रोजगारमूलक र उद्यमशीलता जगाउने तालिम दिने घोषणा गरिरहेको छ। टुँडिखेलमा हुने कार्यक्रम एक महिनासम्म संचालन हुनेछ।