
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदपूर्ति गर्न आवेदन माग गरेको छ।
कम्पनीले बुधबार एक सूचना जारी गर्दै कम्पनीमा रिक्त रहेको सीइओको पदपूर्ति गर्न आवेदन माग गरेको हो।
कम्पनीले सीइओ पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने गरी आवदेन माग गरिएको जनाएको छ। कम्पनीका अनुसार यो सूचना जारी भएको २१ दिनभित्र योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।