गरिमा विकास बैंकको सीइओमा माधव उपाध्याय, ढकालले १५ वर्षपछि पाए अवकाश

बिजमाण्डू
२०८० चैत्र १५ गते ११:१६ | Mar 28, 2024
गरिमा विकास बैंकको सीइओमा माधव उपाध्याय, ढकालले १५ वर्षपछि पाए अवकाश

काठमाडौं। गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन्। बैंकको सञ्‍चालक समितिले ४ वर्षका लागि उनलाई सीइओ बनाउने निर्णय गरेको हो।

Tata
GBIME

यद्यपि, उनको कार्यकाल २०८१ बैशाख १ गतेबाट सुरु हुन्छ। अहिले प्रमुख कार्यकारी गोविन्द ढकाल छन्। उनी चैत मसान्तमा कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्।

उपाध्याय गरिमाकै नायव प्रमुख कार्यकारी अधिकृत थिए। ढकालको कार्यकाल सकिनुअघि नै आगामी प्रमुख कार्यकारीको टुंगो गरिएको हो।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमामा संस्थापना कालदेखि कार्यरत छन्। उनले विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा समेत काम गर्दै आएका छन्।

विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापनमा संलग्न थिए।

ढकाल भने विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृत थिए। सञ्‍चालक समितिले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत १५ गतेदेखि नै लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको छ।