फुटबलर मनिषको घरबाट ४५ लाख चोरी, जुत्तामा साँचो राखेको देखेपछि बनेको थियो योजना



बिजमाण्डू
२०८० फागुन १३ गते १३:४६ | Feb 25, 2024
फुटबलर मनिषको घरबाट ४५ लाख चोरी, जुत्तामा साँचो राखेको देखेपछि बनेको थियो योजना


काठमाडौं। राष्ट्रिय फुटबल टिमका खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

Vigo
GBIME
Tata

पक्राउ पर्नेहरुमा रविन तामाङ, राजन श्रेष्ठ र अनुप तामाङ रहेका छन्। उनीहरुले गत फागुन ६ गते डाँगीको घरमा चोरी गरेका थिए।

चोरीमा संलग्न उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। डाँगीको घरबाट उनीहरुले नगदसहित ४५ लाख रुपैयाँ बराबरको सामान चोरी गरेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार अनुप बेलाबेलामा मनिषको घरमा गइरहन्थे। सोही क्रममा घरको साँचो ढोकानजिक जुत्ता/गमला लगायत सामानभित्र राख्ने गरेको देखेपछि उनीहरुले योजना बनाएर चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।