नेपाल प्रहरीले माग्यो १ हजार ९७० जना प्रहरी जवान र कार्यालय सहयोगी

बिजमाण्डू
२०८० माघ २६ गते ०८:४४ | Feb 9, 2024
नेपाल प्रहरीले माग्यो १ हजार ९७० जना प्रहरी जवान र कार्यालय सहयोगी

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ। जनपद प्रहरी सूमहतर्फ कूल १ हजार ९७० जना माग गरिएको हो।

Tata
GBIME

प्रहरी जवान (जनपद) मा १ हजार ८५६ जनाका लागि आवेदन माग गरिएको छ। यस्तै,  प्रहरी कार्यालय सहयोगी (भान्छे) ५६ जना, प्रहरी कार्यालय सहयोगी (हजाम) ७ जना, प्रहरी कार्यालय सहयोगी (कुचिकार) २० जना र प्रहरी कार्यालय सहयोगी (खेलाडी) १४ जनाका लागि पनि दरखास्त माग गरिएको छ।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी (खेलाडी बाहेक)ले ७७ जिल्लाकै प्रहरी कार्यालयसँगै तोकिएका प्रहरी तालिम केन्द्र र काठमाडौं उपत्यकाका ३ प्रहरी परिसरबाट दराखस्त फारम प्राप्त गर्न सक्नेछन्। प्रहरी कार्यालय सहयोगी (खेलाडी)मा आवेदन दिन चाहनेले भने काठमाडौंको महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट फारम लिन सक्नेछन्।

प्रहरी जवानमा आवेदन दिन चाहनेले कम्तीमा कक्षा ८ उत्तिर्ण गरेको हुनुपर्नेछ भने प्रहरी कार्यालय सहयोगीले साधारण लेखपढ गर्न जानेको हुनुपर्नेछ।