सेयर बजार साढे १६ अंकले बढ्यो, रकम घट्यो, प्रभुको कारोबार फुकुवा, तीन कम्पनीको लाभांस घोषणा



बिजमाण्डू
२०७३ असोज १७ गते १५:१६ | Oct 3, 2016

काठमाडौं । बैंकिङ र बिमाले सेयर बजारलाई सोमबार पनि उचालेको छ । कारोबार रकम भने घटेको छ । बजार १६.६२ अंकले उक्लिएर  १७८० अंक पुगेको छ ।

Tata
GBIME
Nepal Life

बजारमा दिनभरी १३६ कम्पनीका जम्मा ७९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यसमध्ये एनबी बैंकको मात्र १४ करोड १३ लाखको किनबेच भएको छ ।

सोमबार अन्यवाहेक सबै उपसुचक हरियो भएका छन् । बिमा १३५.४५ अंकले उछालिएको छ भने बैंकिङ करिव १८ अंकले बढेको छ । होटल २७, विकास बैंक करिव ११, जलविद्युत साढे पाँच, फाइनान्स करिव १० र उत्पादनमूलक सात अंकले बढेको छ ।

बजारमा एनबी बैकपछि शिखर इन्स्योरेन्सको आठ करोड ४७ लाख र एभरेष्ट बैंकको ६ करोड ७१ लाख रुपैयाँको किनबेच भएको छ ।

आजबाट सेयर कारोबार खुला भएको प्रभु बैकको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । बैंक अफ काठमाडौं लुम्बिनी, ज्योती विकास बैंक र कुमारी बैंकको पनि करिव १० प्रतिशत हाराहारी मूल्य बढेको छ ।

१०० प्रतिशत हकप्रद सेयर वितरण गर्ने जानकारी वेष्टर्न डेभलपमेन्ट बैंकले नेप्सेलाई गराएको छ । कात्तिक २ गते बुक क्लोज हुने छ ।

सेवा विकास बैंकले २० प्रतिशत लाभांस दिने भएको छ । बैंकले १९ प्रतिशत वोनस सेयर दिन लागेको हो । यसैगरी आइएलएफसी माइक्रोफाइनान्सले पाँच प्रतिशत वोनस सेयर दिने भएको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंकले २१.७५ प्रतिशत वोनस सेयर दिने घोषणा गरेको छ ।