आइएमईद्वारा सातै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम, डिजिटल प्रयोगबारे पनि प्रशिक्षण

बिजमाण्डू
२०८० पुष १८ गते १५:३३ | Jan 3, 2024
आइएमईद्वारा सातै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम, डिजिटल प्रयोगबारे पनि प्रशिक्षण

काठमाडौं। रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम गरेको छ।

Tata
GBIME

कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स कारोबार र यसको प्रयोग विषयमा केन्द्रित रहेर रेमिटेन्समार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने भन्नेबारे प्रशिक्षण दिइएको थियो।

यस्तै, रेमिटेन्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले के कुरामा ध्यान पुर्‍याउने तथा रेमिटेन्सको डिजिटल प्रयोगबारे पनि प्रशिक्षण दिइएको थियो। 

कम्पनीले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै रकमको सुरक्षाको उद्देश्य राखेकालाई लक्षित गर्दै सो कार्यक्रम आयोजना गरेको जनाएको छ।

गत मंसिरबाट सातै प्रदेशमा संचालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको उत्साहपूर्वक उपस्थिति रहेको कम्पनीले जनाएको छ।