दरबारमार्गमा थपियो रेष्टुरेन्ट, दुई करोड लागतको ‘रेगल फ्लेवर्स’ले पस्किँदै छ मल्टीकुजिन परिकार

बिजमाण्डू
२०८० पुष ४ गते १४:४९ | Dec 20, 2023
दरबारमार्गमा थपियो रेष्टुरेन्ट, दुई करोड लागतको ‘रेगल फ्लेवर्स’ले पस्किँदै छ मल्टीकुजिन परिकार

काठमाडौं। दरबारमार्गमा रेष्टुरेन्ट थपिएको छ। दुई करोड रुपैयाँ लागतको नयाँ मल्टी कुजिन रेष्टुरेण्ट रेगल फ्‍लेवर्स संचालनमा आएको हो। आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गर्दै रेष्टुरेन्ट सञ्चालनमा आएको हो।

Tata
GBIME

यहाँ चिनियाँ, इटालियन, भारतीय, नेपाली, कन्टिनेन्टल अन्तर्गत ३०० प्रकारका परिकारको स्वाद लिन सकिने संचालक रेवन्तकुमार क्षेत्रीले बताए।

‘मल्टीकुजिन स्वादका पारखी र नेपाल भ्रमणमा आउने पर्यटकलाई ध्यानमा राखेर रेगल फ्लेवर्स सुरु गरेका हौं,’ उनले भने, ‘स्वास्थ्य र गुणस्तरयुक्त परिकार स्वाद पस्किन सुरु गरेका छौं।’

अन्नपूर्ण आर्केडस्थित २५ सय स्क्वायर फीट क्षेत्रफलमा रहेको यो रेष्टुरेण्टमा एकैपटकमा एक सय जनाले खानपिनको सेवा लिन सक्ने उनले बताए। रेष्टुरेण्टले निःशुल्क पार्किङको व्‍यवस्था गरेको छ।

‘यतिखेर दरबारमार्गमा पार्किङको समस्या छ। हामीले पाहुना सुविधालाई मध्यनजर गर्दै अन्नपूर्ण होटल परिसरमा निःशुल्क पार्किङको व्यवस्था गरेका छौं,’ उनले भने।     

पाहुनाको अर्डर अनुसार परिकार डेलिभरी मागलाई मध्यनजर गर्दै रेष्टुरेण्टले फुडमाण्डू र भोजडिलसँग पनि सहकार्य गरेको छ। पाहुनाले रेष्टुरेण्टमा २०० देखि १४०० रुपैयाँ मूल्यसम्मका परिकारको स्वाद यहाँबाट लिन सक्ने उनले बताए।  

हाल रेष्टुरेण्टमा २७ जनाको संख्यामा जनशक्ति छ।