
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ। प्रहरीले ६ किलो ५६५ ग्राम सुन बराम गरेको हो।
त्रिभुवन विमानस्थल प्रहरीले फ्लाइ दुबईबाट आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमलाई सुन सहित पक्राउ गरेको हो। उनी फ्लाई दुवईको एफजेड ५७३ विमान मार्फत काठमाडौं ओर्लिएका थिए। बिहीबार राति पनि यही विमानमा आएका चन्द्र घलेलाई १४ किलो सुन सहित भन्सार कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो।
‘अर्थठोस’ बनाएर ल्याएको ६ वटा सुनको बिस्कुट बरामद भएको प्रहरीले जानकारी दिएको छ। इजिप्सियन नागरिकले शरीरमा ज्याकेट बनाएर सुन ल्याएका थिए।
गत बिहीबारमात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। मध्यरातमा दुबईबाट आएका एक नेपालीको साथमा १४ किलो सुन बरामद भएको थियो। यस घटनामा चन्द्र घलेसहित मिन बहादुर घलेलाई बसुन्धाराबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। सो प्रकरणको छानबिनका लागि समिति पनि गठन भइसकेको छ।