न्यूरोडको सुन पसलमा प्रहरीको छापा, ७ किलो सुनका गहना र डलरसहित ४० लाख रुपैयाँ भेटियो

बिजमाण्डू
२०८० मंसिर २० गते १७:१७ | Dec 6, 2023
न्यूरोडको सुन पसलमा प्रहरीको छापा, ७ किलो सुनका गहना र डलरसहित ४० लाख रुपैयाँ भेटियो

काठमाडौं। अवैध रुपमा सुन तथा हुन्डीको कारोबार गरेको भन्दै प्रहरीले मंगलबार न्यूरोडको सुन पसलमा छापा मार्दा ७ किलो सुन र ४० लाख रुपैयाँ फेला पारेको छ।

Tata
GBIME

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पदम पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड र  कैलाश ज्वेलर्समा छापा मारेको थियो। छापा मार्दा ७ किलो १८५ ग्राम सुनको गहना, ३९ लाख ५० हजार रुपैयाँ र ४१ सय अमेरिकन डलर फेला पारेको छ। प्रहरीले कैलाली लम्की घर भएका ४१ वर्षीय पदम पाण्डेलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले जिल्ला अदालतबाट अवैध रुपमा सुन तथा हुन्डीको कारोबार गरेको आरोपमा म्याद थप गरेको छ।