सिप्रदी अटो पार्टसले धनगढीमा गर्‍यो टाटा गाडीका मेकानिक्स तथा पार्टस् वितरकको भेला

बिजमाण्डू
२०८० मंसिर २० गते १९:४६ | Dec 6, 2023
सिप्रदी अटो पार्टसले धनगढीमा गर्‍यो टाटा गाडीका मेकानिक्स तथा पार्टस् वितरकको भेला

काठमाडौं। सिप्रदी अटो पार्टस प्रालिले टाटा गाडीसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरुको भेला गरेको छ।

Tata
GBIME

कम्पनीले सक्कली टाटा पार्टसको प्रयोगबाट हुने फाइदाबारे जानकारी गराउन भन्दै धनगढीमा भेला गरेको हो। भेलामा ५० जना सहभागी थिए।

सिप्रदी अटो पार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोगबाट हुने फाइदाबारे प्रकाश पारेका थिए।

कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा गुरु र पार्टस् वितरकलाई उपहारसहित सम्मान गरिएको कम्पनीले जनाएको छ।