सरकारी कर्मचारी खुसी पार्दै बजेट, निजी जब होल्डरलाई पनि करमा राहात, २६ प्रतिशतसम्म वृद्धि हुँदै

बिजमाण्डू
२०७३ जेठ १५ गते ००:०० | May 28, 2016
सरकारी कर्मचारी खुसी पार्दै बजेट, निजी जब होल्डरलाई पनि करमा राहात, २६ प्रतिशतसम्म वृद्धि हुँदै


काठमाडौं। सरकारले बजेटबाट साढे पाँच लाख सरकारी कर्मचारीलाई खुसी पार्ने गरी तलव वृद्धि गर्दैछ। स्रोतहरुले दिएको जानकारीअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तलव र भत्ता गरेर २६ प्रतिशतसम्म बढाउन बजेटमा प्रस्ताव गरेका छन्।

Tata
GBIME
NLIC

अर्थमन्त्रालय स्रोतका अनुसार कम तहका कर्मचारीको तलव तथा भत्ता बढी प्रतिशतले बढ्नेछ भने माथिल्लो तहका कर्मचारीको तलव भत्ता कम प्रतिशतले बढ्नेछ।

सरकारले यसअघि दिँदै आएको भत्तालाई तलवमा समायोजन गर्ने तथा थप केही तलव वृद्धिसहित बजेटमा नयाँ भत्ता थप्न प्रस्ताव गरिएको छ। सरकारले बढाउने तलवमान साउन १ देखि लागू हुनेछ। तलव बढ्दा त्यसको सिधा असर पेन्सनरलाई पनि पर्नेछ तर बढेको भत्ता भने बहालवाला कर्मचारीलाई मात्रै लागू हुनेछ।

सरकारले तलव भत्ता बढाएसँगै त्यसको असर सार्वजनिक तथा सरकार नियन्त्रित अरु संस्थानमा पनि देखिनेछ।

सरकारले तलव र भत्तासँगै सरकारी कर्मचारीलाई खुुसी पारे पनि निजी क्षेत्रका स्यालरी होल्डरलाई पनि खुसी पार्न आयकरको स्लायव बढाउने भएको छ। बजेटमा आयकरको स्लायव बढाउन प्रस्ताव गरिएको स्रोतले जानकारी दियो। आयकरको स्लायव बढे कर्मचारीले करबाट पनि केही राहात पाउनेछन्।