
काठमाडौं । साझा यातायातले उपत्यकामा चलाउन लागेको बसमा महिला चालक र परिचालक राख्ने भएको छ । साझाले केही महिनाभित्रै उपत्यकामा ठूला बस चलाउने तयारी गरिरहेको छ । यसका लागि महिला चालक र परिचालकको माग गरेको छ । साझाले गत माघ १२ गते महिला चालक र परिचालकको माग गरेपनि आवश्यकता भन्दा कम आवेदन परेपछि दोस्रो पटक आवेदन मागेको हो । ‘हामीले मागेको पदमा महिलाको आवेदन अत्यन्तै कम पर्यो,’ साझाले सोमबार जारी गरेको सूचनामा भनेको छ ।