एफवान सफ्ट ग्रुपको चिफ फाइनान्स अफिसरमा आचार्य, लक्ष्मी सनराइज बैंकमा १० वर्षको अनुभव

बिजमाण्डू
२०८० कात्तिक १६ गते १४:५४ | Nov 2, 2023
एफवान सफ्ट ग्रुपको चिफ फाइनान्स अफिसरमा आचार्य, लक्ष्मी सनराइज बैंकमा १० वर्षको अनुभव


काठमाडौं। एफवान सफ्ट ग्रुपको चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन्। एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले आचार्यलाई स्वागत गरेका छन्।

Tata
GBIME
NLIC

आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए। लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ।

चाटर्ड एकाउन्टेन्ट समेत रहेका आचार्य लक्ष्मी सनराइजमा आउनभन्दा पहिले विभिन्न अडिट फर्महरूमा कार्यरत थिए।

‘वित्तीय टेक्नोलोजीलाई तीव्र गतिमा अगाडि बढाइरहेको एफवान सफ्ट ग्रुप दिनानुदिन ठुलो संस्था बनिरहेको छ, यस संस्थालाई वित्तीय क्षेत्रबाट आफुले सहयोग पुर्‍याउने छु, यसका लागि म खुसी छु,’ एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले भने।

कम्पनीले हाल एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ। एफवान सफ्टअन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता कम्पनी संचालनमा छन्।