क्यानडाले स्थगित गर्‍यो भारतसँगको व्यापार मिसन, के दुई देशबीच तनाव सिर्जना भएको हो?

बिजमाण्डू
२०८० भदौ ३० गते १५:३८ | Sep 16, 2023
क्यानडाले स्थगित गर्‍यो भारतसँगको व्यापार मिसन, के दुई देशबीच तनाव सिर्जना भएको हो?
Photo : Reuters


क्यानडाले भारतसँग प्रस्तावित व्यापार मिसन स्थगित गर्ने निर्णय गरेको छ। क्यानडाकी व्यापार मन्त्री मेरी एनजीले मिसन स्थगित गर्ने बताएकी हुन्।

Vigo
GBIME
Tata

मेरी अक्टोबरमा भारत आउने तय थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो भने हालै नयाँ दिल्लीमा सम्पन्न जी२० बैठकमा सहभागी भएका थिए। अहिलेको परिस्थितिमा मिसन स्थगित हुनुलाई दुई देशबीच सम्बन्धमा तनाव उत्पन्न भएको हुनसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

भारतले क्यानडाले खालिस्तानी गतिविधीहरुलाई प्रोत्साहित गरिरहेको आरोप लगाउँदै आएको छ। शुक्रबार भारतले पनि क्यानडासँग भएको व्यापारबारे छलफल रोकिएको जनाएको थियो।

जी२० सम्मेलनका क्रममा खालिस्तानी मुद्दालाई लिएर भारतले क्यानडाको आलोचना गरेको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा आएका देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय छलफल गरेका थिए। तर मोदीले ट्रुड्रोसँग भने अनौपचारिक बैठकमात्र गरेका थिए।

नयाँ दिल्लीले यसअघि पनि भारत विरोधी शिख गतिविधिलाई लिएर क्यानडासँग प्रश्न गर्दै आइरहेको थियो। जस कारण दुवै देशबीच पछिल्लो समय कूटनीतिक रुपमा तनावपूर्ण अवस्था सिर्जना हुँदै गएको छ।

यही वर्षदेखि सुरुवाती दिनमा नै व्यापार सम्झौतामा सहमति जुटेको थियो।