
गत साता सिंगापुरमा वल्र्ड आर्किटेक्चर फेस्टिवल २०१५ को आयोजना गरियो । यसको उद्देश्य थियो आर्किटेक्चर दुनियाँमा नयाँ शैली, सुविधाको प्रवद्र्धन गर्ने । फेस्टिवलमा विश्वका अनौठा आर्किटेक्चरहरुको प्रतिश्पर्धा पनि गरिएको थियो । यो प्रतिश्पर्धामा सिंगापुरको ‘भर्टिकल भिलेज इन सिंगापुर’ले पहिलो पुरुस्कार प्राप्त गर्यो ।
भर्टिकल भिलेज इन सिंगापुर
पहिलो पुरुस्कार जित्ने यो भवनको डिजाइन ओले शेरिन र ओएमएले गरेका हुन् । यसमा ३१ वटा ब्लकमा आवासिय घर छ । छ तलाको यो भवनमा स्विमिङ पुल, टेनिस कोर्ट, बगैंचा पनि छ । यो भवनले टावरको क्लस्टर बाहेक पनि भवनहरु बनाउन सकिन्छ भन्ने सोंचलाई प्रवद्र्धन गर्ने मेलाका निर्देशक पल फिन्चले बताए ।
यो भवनको भित्रि र बाहिरी भागमा प्रशस्त मात्रामा हरियाली तयार गरिएको छ । षटकोण आकारमा बनाइएको यो घरलाई आर्किटेक्टको प्यानलले ‘बोल्ड’ आर्किटेक्टका रुपमा व्याख्या गरेका छन् ।
भ्यानकुभर हाउस
यो भवन क्यानडाको भ्यानकुभरमा निर्माण भैरहेको छ । यसको डिजाइन बिग व्जार्क इन्जेल्स समूहले तयार गरेको हो । भ्यानकुभरको चौथो अग्लो यो भवनमा नौ वट तला हुनेछन् ।
वेटल्याण्ड पार्क
चीनको झेजियाङ प्रदेशमा यो पार्क बन्दैछ । २६ हेक्टर जमिनमा फैलिएको यो पार्क तीन वटा नदीको संगमस्थलमा बन्दैछ । चीनियाँ कम्पनी ट्युरेनस्केपको डिजाइनमा बन्न लागेको यो पार्कमा बाढी नियन्त्रित छ । यसमा जंगली जनावरको बासस्थान संरक्षण गर्नुको साथै नदीमाथि मोटर र हिंड्नका लागि बाटोहरु निर्माण गरिएको छ ।
सान मेमे फुटवल स्टेडियम
स्पेनको यो स्टेडियममा पनि आर्किटेक्ट दुनियाँमा नौलो परिचय हो । सन् २००६ मा निर्माण सुरु गरिएको यो स्टेडियम स्पेनको बिलबाओमा छ । २१ करोड १० लाख युरो खर्च गरेर बनाइएको यो स्टेडियममा साढे ५३ हजार सिट क्षमता छ । सन् २०२० को युरो कप यही स्टेडियममा खेलाइनेछ ।
इस्लामिक स्टडी सेन्टर कतार
धार्मिक निर्माणको श्रेणीमा यो सेन्टरलाई आर्किटेक्ट अवार्ड प्रदान गरिएको थियो । कतारको इस्लामिक स्टडी सेन्टरको यो डिजाइन मंगेरा युभर्स आर्किटेक्टले तयार गरेको हो । यो सेन्टरको निर्माण कतार फाउण्डेशनले गरिरहेको छ ।