राष्ट्र बैंकले नीतिगत दरलाई ०.५ प्रतिशतले घटाएर साढे ६ प्रतिशतमा झार्‍यो

बिजमाण्डू
२०८० साउन ७ गते १३:५५ | Jul 23, 2023
राष्ट्र बैंकले नीतिगत दरलाई ०.५ प्रतिशतले घटाएर साढे ६ प्रतिशतमा झार्‍यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई ०.५ प्रतिशतले घटाएर साढे ६ प्रतिशतमा झारेको छ। यसले बैंकहरुलाई ब्याजदर घटाउने संकेत गरेको हो।

Tata
GBIME

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत विन्दुले घटाएको छ। ५.५ प्रतिशतसम्म बोली लगाउँदै आएका बैंकहरुले अब साढे ४ प्रतिशतसम्म लगाउन पाउनेछन्।

राष्ट्र बैंकले बैंकदरलाई भने साढे ७ प्रतिशतमा कायम राखेको छ।