
काठमाडौं। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जुनसुकै पुराना पेट्रोल गाडीसँग टाटाको इभी गाडी नेक्सन र टिगोर साट्न सकिने अफरको योजना ल्याएको छ। यसका लागि ‘मनसुन म्याजिक विशेष एक्सचेन्ज अफर’ योजना साउन ८ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ।
अहिले नेपाली बजारमा विद्युतीय गाडीप्रति सवारी प्रयोगकर्ताको चासो बढिरहेकाले यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार तुलनात्मक रुपमा इभी गाडीहरुको बिक्री बढिरहेको छ।
साउन ८ गतेदेखि एक हप्ताभरि काठमाडौंलगायत सिप्रदी तथा सिप्रदीका नेपालभर रहेका आधिकारिक टाटा शोरुमहरुमा मनसुन म्याजिक विशेष एक्सचेन्ज क्याम्प संचालन हुने कम्पनीले जनाएको छ। एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटाका नेक्सन इभी र टिगोर इभीसँग साट्न सकिने छ।
टाटाका ग्राहक तथा बजारको सुझाव र जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल/डिजेलबाट चल्ने सवारी साधनलाई टाटाका विद्युतीय सवारीसँग एउटै शोरुमबाट साट्न मिल्ने गरी व्यवस्था गरिएको कम्नपीले जनाएको छ। चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्स, बीमाको सुविधा र हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाइने छ।
उक्त कार्यक्रमका प्रमुख विशेषताहरुमा जुनसुकै ब्राण्डको गाडी टाटाका नेक्सन इभीसँग साट्न सकिने, एकै ठाउँबाट न्यूनतम चार लाखको गाडी मूल्यांकन, बीमा सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा, गाडीसम्बन्धी दक्ष प्राविधिकद्वारा परामर्श तथा सल्लाह सुझाव, नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार र निःशुल्क गाडीको थप एक्सेसोरिज उपलब्ध हुनेछ।
यो कार्यक्रम सीमित अवधिका लागि टाटाका शोरुमहरुमा मात्र लागू गरिएको कम्पनीले जनाएको छ।