भारतबाट प्रतिलिटर ८६ पैसाले बढेर आयो पेट्रोल र डिजलको भाउ, मासिक नाफा ३.५० अर्ब

बिजमाण्डू
२०८० असार १ गते २०:५१ | Jun 16, 2023
भारतबाट प्रतिलिटर ८६ पैसाले बढेर आयो पेट्रोल र डिजलको भाउ, मासिक नाफा ३.५० अर्ब

काठमाडौं। भारतबाट पेट्रोल र डिजेलको भाउ थोरै बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको छ।

Tata
GBIME

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा हुने छ। यसले निगमलाई मासिक ३ अर्ब ५० करोड नाफा हुने देखिएको छ।

यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १२ रुपैयाँ र डिजेल लिटरमा १५ रुपैयाँ नाफा रहने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरुले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। सोहीअनुसार आइओसीले हरेक १५ दिनमा पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो।