जोउ कुन्फेइ: फ्याक्ट्री गर्लबाट चीनकै धनाढ्य महिला

बिजमाण्डू
२०७१ चैत्र २१ गते ००:०० | Apr 4, 2015
जोउ कुन्फेइ: फ्याक्ट्री गर्लबाट चीनकै धनाढ्य महिला


बेइजिङ (एजेन्सी) । जोउ कुन्फेइ, चिनियाँ कम्पनी लेन्स टेक्नोलोजीकी अध्यक्ष हुन् । गएको मंगलबार उनको सम्पत्ति मूल्यांकन हुँदा ४६ अर्ब २२ करोड युआन अर्थात सात अर्ब ५८ करोड अमेरिकी डलर थियो । सवा ४६ अर्ब युआनकी मालिक जोउ चीनकै धनी महिला बन्न पुगिन् ।

गएको मंगलबार उनको कम्पनीको सेयर मूल्य प्रति सेयर ७८.०८ युआन पुगेको थियो । पछिल्ला १० दिनमा कम्पनीको सेयर मूल्य उकालो लागिरहेको थयो । कम्पनीको सेयर अफरिङ मूल्य २३ युआन पनि थिएन ।

Tata
GBIME
NLIC

एप्पललाई सिसा ९लेन्स० आपूर्ति गर्ने लेन्स टेक्नोलोजीको सेयर मूल्य ११ औं दिन पनि बढ्यो र ८५.८९ युआन प्रति सेयर पुग्यो । यसले देशकै धनाढ्य महिलाको सम्पत्ती अझै बढाउँदै गयो ।

'मोवाइल फोनमा प्रयोग हुने सिसा अर्थात ग्लासकी महारानी'ले  जोउ चान लाइवालाइ पछि पार्दै चीनको सबैभन्दा धनी महिला बनेकी हुन् । चानले बेइजिङ रेड स्यान्डलवुड कल्चरल फाउन्डेसन सञ्चालन गर्दै आएकी छन् । उनको कूल सम्पत्ति ६ अर्ब १० करोड डलर छ ।

लेन्स टेक्नोलोजीले विभिन्न स्मार्टफोन, क्यामेरा तथा कम्प्युटरको लेन्स बनाउँदै आएको छ । यो कम्पनीको उत्पादनको प्रमुख खरीदकर्ता एप्पल र सामसङ हुन् । यी दुई कम्पनीले मात्रै सन् २०१४ मा नौ अर्ब युआन बराबरको सिसा लेन्स टेक्नोलोजीबाट किनेका थिए । यो आम्दानी लेन्स टेक्नोलोजीको कूल आम्दानीको ७० प्रतिशत भन्दा धेरै हो ।

उतारचढावपूर्ण कथा
जोउको जीवनको उतारचढावपूर्ण कथा पनि निकै महत्वपूर्ण छ । जोउ १९७० मा चीनको हुनान प्रान्तको एउटा सानो गाउँमा जन्मिएकी थिइन् । उनले सुरुका दिनमा दक्षिण चीनको एक शहर सेनजेनमा फ्याक्ट्री गर्लका रुपमा सिसा बनाउने काम नै गरेकि थिइन् ।

सन् २००३ मा उनले आफ्नै कम्पनी सुरु गरिन् । हुनानमा यसको मुख्यालय थियो । उनले अहिले यसको भगिनी संस्थाहरु देशका अरु १० ठाउँमा विस्तार गरिसकेकी छन् र ६० हजारले यसमा रोजगारी पाएका छन् ।

सुरुको दशकमा उनले निकै कम नाफामा सामान उत्पादन र ब्यापार गर्न थालिन । उनले यो कुरालाई गोप्य नै राखिन् । उनका प्रतिस्पर्धीले यो कुरा धेरै समयसम्म थाहा पाएनन् । उनले लामो समयपछि यो कुरा खोलिन् । उनको सफलताको सुत्र थिए, कडा परिश्रम र धैर्यता ।

कम्पनीले राम्रो गरिरहे पनि सेयर बजारमा भने यसको स्थायित्व, दीर्घकालीकता र कम्पनीको क्षमतामाथि प्रश्न उठिनै रह्यो । चिनियाँ विश्लोषकले यो कम्पनीलाई सधैं शंकाकै घेरामा राखिरहे । तर कम्पनीको दिन फर्किए, २०१२ मा यो कम्पनीले दुई अर्ब युआन र २०१४ मा एक अर्ब १७ करोड युआन खुद नाफा सार्वजनिक गर्यो  ।

कम्पनीले मोवाइल फोनमा प्रयोग हुने ग्लासमा हुने नाफा कम भएकाले खुद नाफा पनि घटेको जनाएको छ । लेन्स टेक्नोलोजी धेरै भर पर्ने भनेको एप्पल र सामसुङसँग हो । २०१२ देखि २०१४ को बीचमा यी दुई कम्पनीले मात्रै लेन्स टेक्नोलोजीको कूल आम्दानीको ७० प्रतिशत मोवाइल सिसा किने ।

एप्पल र सामसुङका लागि भइरहेको सिसा आपूर्तिमा तीव्र उतारचढाव आइरहेकाले कम्पनीको नाफा ५० प्रतिशतसम्मले कम हुने जनाएको छ ।
यद्यपी लेन्स टेक्नोलोजीले एप्पलको हालै सार्वजनिक भएको एप्पल वाचका लागि पनि सिसा आपूर्ति गर्दै आएको छ । यसले पनि के देखाउँछ भने चीनकै धनाढ्य महिला जोउले मोवाइलमा प्रयोग हुने सिसाको व्यापमार आफ्नो साम्राज्य कायम राख्ने पक्का पक्की छ ।