कति काम गर्यो कसैले हेर्दैन, कति पैसा बनायो सबैले हेर्छ, मेगाका सिईओ अनिल शाहको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ फागुन १० गते ००:०० | Feb 22, 2015
कति काम गर्यो कसैले हेर्दैन, कति पैसा बनायो सबैले हेर्छ, मेगाका सिईओ अनिल शाहको अन्तर्वार्ता


विल्डिङ सबैभन्दा ठूलो कुन वित्तीय संस्थाको छ भन्ने कुरा हामी सबैलाई थाहा छँदैछ । ठूला विल्डिङ भएकाहरु समस्यामा परेर मर्जमा जानु परेको अवस्था छ । एउटा खोलाको किनारमा छ अर्को शहरको बीचमा छ । ती दुबैको विल्डिङ ठूलो थियो, तर मान्छे थिएनन् । ठूलो विल्डिङ भएरै संस्था राम्रो हुने भए उहाँहरु त नम्बर वान नै हुनु पर्ने

Tata
GBIME
NLIC

एकताका राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक मात्र हुँदा संयुक्त लगानीको अरु बैंक आउन हुन्न भन्थे । धरापमा पारिदिन्छ भन्थे । पछि यही राष्ट्र बैंकले विदेशी बैंकलाई नेपालमा लगानी गर्ने बाटो खोलिदियो । अब दुई तीन वटा बैंकले मात्र भएन थुप्रै दिन पर्यो भनेर धेरै संस्थालाई सञ्चालन अनुमति दियो । बैंक धेरै भए अब मर्जरतिर लानु पर्यो पनि भने, त्यसैले नीति भनेको आउँछन्, जान्छन् ।

गएको सिजनको सुरुमा फुटवल क्लव चेल्सीले राम्रो गर्न नसकेपछि त्यहाँका कोचलाई सोधियो– खत्तम भयो नि सुरुवातै नराम्रो भयो । त्यसपछि कोचले भने– ह्वाट डु यु वान्ट ? गुड रिजल्ट इन द फस्र्ट सिक्स गेम ? अर द टाइटल इन द लास्ट सिक्स गेम ? प्रश्न त्यही हो ।


सर्वसाधरणले बैंकिङ्गमा सबैभन्दा धेरै सुनेको, चिनेको र जानेको नाम हो, अनिल शाह, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत । उनलाई धेरैले हाइप्रोफाइल बैंकर पनि भन्छन् । उनले बैंकिङ्गमा धेरैलाई धेरै सपना पनि देखाएका छन् । बिजमाण्डूका सुदर्शन सापकोटाले अनिल शाहलाई सोधे, मेगा बैंक सुरुवात गर्दा देखाएका सपना यतिका वर्ष वितिसक्दा पनि किन पूरा भएनन् ?

तुलनात्मक रुपमा ठूलो संख्यामा रहेको प्रबद्र्धकको समूहसँग काम गरिरहनु भएको छ । १२१९ जना । साँच्चै नै मेगा ग्रुप हो यो । मेगा ग्रुपलाई ह्यान्डल गरेर बैंकलाई अगाडि वढाउने तपाईको ठूलै साहस हो नि है ?
कहिलेकाही खोला कत्रो छ, यसको गहिराइ कति हो, पानी कतिको चिसो छ भन्ने सबै थाहा भयो भने त्यो खोला तर्नलाई कोही पनि हाम फाल्दैन । अलिअलि थाहा नपाएको पनि वैसै हुन्छ । जब नबिल बैंकमा थियौं त्यहाँ हुँदाखेरीको टिम हो त्यो  टिमलाई हामी नम्बर एक हौं है भन्ने थियो । नम्बर एक भइसकेपछि जाँच दिएर रिजल्ट निस्किएजस्तो भयो मलाई । रिजल्ट निस्किएपछि ८५ आएछ तर ९० आउनु पर्ने भनेर फेरि जाँच दिने धेरै कम हुन्छन् होला ।

त्यही भएर यहाँ आउनुअघि मैले नेपाल बैंक जान प्रयास गरेको थिएँ । केही प्राविधिक कुराले गर्दा त्यो सफल हुन सकेन । ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा जति काम गरें, नबिलमा गरें  त्यहाँ धन उत्पादन कसरी गर्ने भन्ने मलाई थाहा भइसकेको थियो । नाम बनिसकेको थियो, टिम पनि बनाउन सक्छु भन्ने विश्वास थियो । तर त्यो धन उत्पादन गरेर मात्र केही हुँदैन । मैले उत्पादन गरेको धनका बारेमा पछि मान्छेले के भन्छ त ? अनिल शाहले धन उत्पादन गरेर यति वोनस सेयर दियो, यति लाभांस वाँड्यो, निक्षेप थुपार्यो, यति तलव खायो भन्ने मात्र हो त ? यो त भएन । केही गरौं भनेर नै नेपाल बैंक प्रयास गरेको थिएँ । पछि मेगा बैंकको प्रवद्र्धकबाट प्रस्ताव आयो ।

१२१९ जना प्रवद्र्धक । ६३ वटा जिल्लाका प्रबद्र्धक । १० लाखदेखि एक करोड रुपैयाँसम्म लगानी । त्यो बेला बैंक खोल्न लागिएको थियो । मलाई पनि केही नयाँ गरौं भएको थियो । प्रस्ताव आयो, यो एउटा मोडल प्रयास गरौं न भनेर मेगामा आएँ । यो बैंक जरैदेखि समावेशी छ । यो एउटा मोडेल मेगा बैंकमा सफल बनाउन सकियो भने भोली होटलमा, हाइड्रोपावरमा पनि प्रयोग हुन सक्छ अनि नेपालमा जब धन उत्पादन हुन थाल्छ अनि त्यो धनको फल सबै नेपालीले खान पाउँछ । त्यो एउटा स्वच्छ सोंच लिएर मेगा बैंक आए ।

नेपालमा भन्छ नि तीन जना पार्टनर भयो भने पनि विजिनेस चल्दैन । १२१९ जनालाई कसरी चलाउने ? यसमा एउटा संरचना बनायौं । १२१९ बाट हामीले एउटा काउन्सिल बनाएका छौं । काउन्सिलबाट वोर्ड गठन हुन्छ । वोर्डले व्यवस्थापनलाई चलाउँछ । बैंकमा सबै क्षेत्रका विज्ञहरु छन् । प्रोफेसर, किसान, पर्यटन व्यवसायी लगायतका धेरैवटा पृष्ठभूमिबाट बैंकमा आएका छन् ।

वित्तीय क्षेत्रको जानकारी कम भएका व्यक्तिहरु हुनु हुन्छ । उहाँहरुलाई बैंक भनेको के हो ? राष्ट्र बैंकले के काम गर्छ ? नीति नियममा कडाइ किन गरिन्छ ? भन्ने कुराहरु बुझाउन केही गाह्रो हुने रहेछ । त्यही भएर सजिलो छैन । एकदम राम्रो छ म भन्दिन । गाह्रो पनि छ । सजिलो छैन । तर सजिलो बाटोमा हिँड्दा मजा आउँदैन जति अफ्ठेरो बाटोमा हिँड्दा आउँछ । एउटा स्ट्रक्चर बनाएर बढ्दा अलिक सजिलो भएको छ ।

आज अनिलले छाडिसकेपछि पनि नबिल बैंकले राम्रो नै गरिरहेको छ । नबिल बैंकको सिइओ भइसकेका नाताले म यो कुरामा एकदमै गौरव गर्छु । अनिल शाह हुँदा मात्र राम्रो, नहुँदा विग्रिएको भए के हुन्थ्यो ?
तपाईले यति धेरै ग्रुपसँग काम गरिरहनु भएको छ । प्रमोटर नै १२१९ । नाम पनि मेगा । तर सञ्चालन भएको यतिका बर्ष हुँदा पनि देखाउन लायकको एउटा पनि मेगा प्रोजेक्ट छैन ?
मेगा प्रोजेक्ट नभएको हाम्रो बैंकमा मात्र होइन । अहिले वित्तीय क्षेत्रलाई हेर्ने हो भने धेरै कम मेगा प्रोजेक्ट छ । म सबैलाई त्यही भन्छु कि, बैंकले प्रोजेक्ट ल्याउने होइन है । बैंकले नै जलविद्युत् ल्याउने, होटल खोल्ने, हस्पिटल खोल्ने भएको भए ठूला प्रोजेक्टहरु आउँथे होलान् । हामीले त उद्यमीले लिएर आएको प्रोजेक्टमा जोखिम मूल्यांकन गरेर पैसा लगानी गरिदिने हो । कति वटा ठूला जलविद्युत् आएको छ त नेपालमा ? जुन सानो सानो प्रोजेक्ट आएको छ त्यसमा हामी लागिरहेकै छौं । ठूलो प्रोजेक्ट तामाकोशी आयो, एनएसीको दुई वटा एयरवस आयो त्यो राज्यकै निकायले लगानी गर्यो । साना साना र मझौलामा त हामीले गरिरहेकै छौं नि ।

हाम्रो विजिनेसको मोडल पनि अलिकति फरक छ । फरक कसरी छभन्दा जुन बैंकमा मैले काम गरेँ त्यहाँ हाम्रो ध्यान कर्पोरेटमा हुन्थ्यो । निक्षेपमा पनि कर्पोरेट र कर्जामा पनि कर्पोरेट । त्यहीसँग प्रतिस्पर्धा गर्ने हो भने मेगा बैंकलाई एकदमै गाह्रो हुन्छ । नयाँ व्यापार गर्नु पर्ने हुन्छ हामीले ।

माइक्रोमा लगानी गर्ने, तर माइक्रोलाई अगाडि ल्याउन कम्तिमा १० बर्ष लाग्छ । त्यही भएर हामी अहिले साना तथा मझौला र मिड (बिचको) कर्पोरेट गरिरहेका छौं । यसको पनि ठूलो बजार छ । त्यो बजार अहिले हामी लिइरहेका छौं । आज हाम्रो बुक हेर्ने हो भने ५५ प्रतिशतभन्दा वढी एसएमइ, मिड कर्पोरेट, माइक्रोमा छ । ४५ प्रतिशत मात्र कर्पोरेटबाट आउँछ । १९ अर्बको बुकमा ४५ प्रतिशत भनेको कर्पोरेटको ठूलो हिस्सा हो । अहिले हाम्रो पुरै फोकस एसएमई र मिड कर्पोरेटमा छ । हाम्रो डिपोजिटमा पनि सेभिङ एकाउन्टको हिस्सा ठूलो छ ।

तपाई सुरुमा मेगा आउँदा एउटा मोडल निकाल्नु भएको थियो । चिलिमेको सेयरमा लगानी गर्नेहरुलाई ऋण दिने । त्यसको राम्रो रेस्पोन्स पनि भएको थियो । त्यसपछि तपाईले न त्यसलाई निरन्तरता दिन सक्नु भयो न अरु बैंकले त्यसलाई कपि नै गरे ?
तपाईले भनेको कुरामा म सहमत छु । चिलिमे चलिरहेको थियो । सरकारी आयोजना थियो । त्यो बेलाको सरकार पनि समाजवादी चिन्तन भएको थियो । चिलिमेमा हामीले फ्रिमा लगानी गरेको होइन । इक्विटीमा लगानी गरेको हो । यो मोडल मलाई लाग्छ अगाडि चै वढ्छ ।

हामीले यसरी जोड्न खोजेको, राष्ट्र बैंकले गत भदौमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण दिन सकिन्छ भनेर निर्देशन जारी गरेको छ । त्यो त केन्द्रीय बैंकले इन्फोर्स गर्नुभन्दा पहिला बैंकहरुले नै किन १५ लाख क्यास फ्लो हेरेर करोड नै लगानी गर्छौं भन्ने त्यो मोडलमा चै हाम्रो बैंकिङ गएन ?
हो । पक्का गएको छैन । अहिले खुवा खाएर पुगिरहेको छ । खुवा खाएर पुगिरहेको छ भने दुध, दही, मही कसले खान्छ ? बैंकको नाफा बढेकै छ, वित्तीय क्षेत्र अगाडि वढिनै रहेको छ । जब खुवा सकिन्छ अनि मान्छेहरु मही, दही र दुध खोज्नतिर लाग्छ ।

क्यास फ्लोमा पैसा दिनका लागि पारदर्शीता र व्यवसायिकता एकदमै वढी हुन जरुरी हुन्छ । त्यसका लागि बैंक मात्रै पारदर्शी भएर हुँदैन । एकातिर क्यास फ्लोमा ऋण लगानी गर्नुस् तर मेरो यो किताव हेरेर गर्नुस् है भन्ने । ट्याक्सको किताव चै नहेर्नुस् है भन्ने । पारदर्शीता र व्यवसायिकता विस्तारै वढिरहेको छ, तर पर्याप्त लेभलमा पुगिसकेको छैन । सेयर बजारले नै यो कुरा देखाउँछ । लगानीकर्ताले सेयर बजारमा बैंक तथा वित्तीय संस्थामा लगानी वढी गर्छन् । अन्य क्षेत्रमा कम लगानी । अरु क्षेत्रमा लगानी नगर्नुको कारण भनेको पारदर्शीताको अभाव हो ।


म एउटा सानो विकास बैंक वा फाइनान्स चलाएर आएको होइन । क वर्गको नम्बर वान बैंकलाई छाडेर अपरेटिङ लाइसेन्स नपाइसकेको संस्थामा आएको थिएँ । मेगा मल अगाडि प्लास्टिकको मेचमा बसेर भित्तामा रङ लगाइरहेको हेरेर मैले आफूले आफूलाई पनि विश्वास दिलाउनु पर्ने थियो

तपाई जुन दिन मेगा बैंकमा आउनु भयो नम्बर एक बैंक छाड्नु भयो । अर्थात नम्बर एकबाट सिधै अन्तिम बैंकमा आउनु भयो । नबिलमा कर्पोरेट टिम थियो । नबिललाई नम्बर एक मानेर भन्दा नम्बर एक हुनका लागि के कुरा आवश्यक पर्ने रहेछ ?
नम्बर एक हुने सर्त अन्डरस्ट्यान्डिङ भएको वोर्ड र प्रवद्र्धक हो । नम्बर एक हुनका लागि सुरुवात त्यहीँबाट हुन्छ । हामीले पैसा हाल्ने मात्र हो, चलाउने भनेको प्रोफेसनलले हो भन्ने बुझाइ वोर्डमा हुन जरुरी छ । प्रोफेसनलले जसरी बैंक चलाउँछु भनेको छ त्यसरी चलाएन भने त्यसलाई निकालेर अर्को प्रोफेसनललाई ल्याउने हो । त्यसपछि चाहिने म्यानेजमेन्ट टिम हो । पैसा बनाउने विल्डिङले होइन, फर्निचरले होइन, कम्प्युटरले होइन । मान्छेले हो ।

विल्डिङ सबैभन्दा ठूलो कुन वित्तीय संस्थाको छ भन्ने कुरा हामी सबैलाई थाहा छँदैछ । ठूला विल्डिङ भएकाहरु समस्यामा परेर मर्जमा जानु परेको अवस्था छ । एउटा खोलाको किनारमा छ अर्को शहरको बीचमा छ । ती दुबैको विल्डिङ ठूलो थियो, तर मान्छे थिएनन् । ठूलो विल्डिङ भएरै संस्था राम्रो हुने भए उहाँहरु त नम्बर वान नै हुनु पर्ने ।

सर्वसाधारणको के बुझाई हुन थालेको छ भने, बैंक तथा वित्तीय संस्थाहरु व्यक्तिसँग डोमिनेट हुन थाल्यो । उदाहरण नै हेरौं न मेगा भन्यो भने अनिल शाह भन्ने छाप पर्छ । सिटिजन्स् भन्दा राजनसिंह भण्डारी, ग्लोबल आइएमइ आरआर बज्राचार्य भन्ने कुरा अगाडि आउँछ । संस्थासँग व्यक्ति हावी हुँदा ब्रान्डिङका कारण भोली संस्थामा समस्या हुन्न ?
यो हाम्रोमा मात्र होइन वाहिर पनि यस्तै हुन्छ । माइक्रोसफ्टभन्दा विल गेट्स र एप्पलभन्दा स्टिभ्स जब्स्को नाम आउँछ । म त्यस्तो मान्छे भन्न खोजेको होइन । नाम जोडिने सबैतिर हुन्छ । राम्रो चलाए पनि हुन्छ नराम्रो चलाए पनि हुन्छ । ठिक्कठिक्क चलाए मात्र हुँदैन ।

नाम आउनु भनेको नराम्रो कुरा होइन । नामसँग विश्वास हुन्छ । हेरौं न हाम्रो २० अर्बभन्दा वढीको निक्षेप छ । आइपिओ गर्दा एक लाख ६५ हजार नेपालीले १४ अर्ब रुपैयाँ हालेका थिए । किन हाले? मेरो नामका कारण पनि भएको थियो त्यो । मेगा आउनुअघि अनिल शाह कहाँ थियो ? उसको नाम केमा जोडिएको थियो ? नबिल बैंकमा । अनिल भनेको नबिल र नबिल भनेको अनिल पनि भन्थे मान्छेहरुले । आज अनिलले छाडिसकेपछि पनि नबिल बैंकले राम्रो नै गरिरहेको छ ।

नबिल बैंकको सिइओ भइसकेका नाताले म यो कुरामा एकदमै गौरव गर्छु पनि । अनिल शाह हुँदा मात्र राम्रो, नहुँदा विग्रिएको भए के हुन्थ्यो ? मान्छेले सिस्टम बनाएनछ, अर्को मान्छे तयार पारेनछ भन्थे । एक जनाले जे भन्यो त्यसरी चल्यो हटे पनि विग्रियो भन्थे होलान् । त्यो त राम्रो सिइओ होइन ।

अब तपाईहरुलाई धेरै अवसर बाँकी छैन । राष्ट्र बैंकले दुई कार्यकाल तोकिदियो । एक कार्यकाल वित्न लाग्यो । अब एक त बाँकी हो नि ?
धेरै वटा बैंकहरु छन् । धेरै वित्तीय संस्था छ । राम्रो सिइओ छ भने जागिर नपाउने भन्ने हुँदैन । अर्को कुरा कति सयमसम्म बैंकको सिइओ भएर मात्र  बस्ने । आफ्ना अरु कामहरु गर्ने विचार होला । अरु कुनै काम गरिएला ।
एकताका राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक मात्र हुँदा संयुक्त लगानीको अरु बैंक आउन हुन्न भन्थे । धरापमा पारिदिन्छ भन्थे । पछि यही राष्ट्र बैंकले विदेशी बैंकलाई नेपालमा लगानी गर्ने बाटो खोलिदियो । अब दुई तीन वटा बैंकले मात्र भएन थुप्रै दिन पर्यो भनेर धेरै संस्थालाई सञ्चालन अनुमति दियो । बैंक धेरै भए अब मर्जरतिर लानु पर्यो भने फेरि अर्को निर्देशन लिएर आयो । नीति भनेको आउँछन्, जान्छन् ।

जे सुकै भने पनि हामी यहाँ पैसा कमाउन आएको हो । देश विकास, वित्तीय समावेशिता भनेको हामीले नाफा बनाइसकेपछि गर्ने कुरा हो । कति काम गर्यो भनेर कसैले हेर्दैन । कति पैसा बनायो भनेर सबैले हेर्छ ।

तपाईको आफ्नै विचार पनि त होला नि ? ठिक कि वेठिक ?
मेरो व्यक्तिगत विचारमा कुनै पनि कुरालाई जेनेरलाइज् गर्न हुँदैन भन्ने हो । कुनै मान्छेले राम्रो काम गरिरहेको छ भने त्यो मान्छे आठ बर्ष मात्रै सिइओ हुने । उसलाई १२÷१६ बर्ष पनि काम गर्न दिनु पर्छ । सिइओको नामले गरेर नै कतिवटा संस्थाहरु ठूलो भएका छन् । कति जनाले एउटै टर्ममा पनि संस्थालाई धरापमा पारिदिएका छन् ।

अर्कोतिर सञ्चालकको कुरा छ, सञ्चालकको समय तोक्ने हो भने उनीहरुको सेयर विक्री गर्न दिनु पर्छ । पैसा सबै लगाउन लगाउने अनि वोर्डमा बस्न नदिने कुरो त मिल्दो हुँदैन । जो मान्छेले मलाई मोटर चढाएर लिएर आउँछ त्यो मान्छे अब चेयरमेन हुन्छ । म चैं वाहिर बस्छु उ चै चेयरमेन हुन्छ । मेरो त करोडौं रुपैयाँ यहाँ हुन्छ तर विक्री गर्न पनि दिँदैनन् भने मेरै कोही मान्छेलाई यहाँ पठाउनु पर्ने हुन्छ ।

नेपालको बैंक वित्तीय संस्थामा सबैभन्दा धेरै समस्या कस्तामा हुने गरेको छ ? सरकारी बैंकमै समस्या धेरै छन् । त्यहाँ काम गर्ने मान्छे नराम्रो भएर होइन । त्यहाँका प्रमोटरका कारणले बैंक समस्यामा परेको हो । जेनेरलाइज् गरेर सबैलाई दुई टर्म गर्नु ठिक होइन । दुई टर्म तोक्नु नै थियो भने एक टर्म भने पनि हुन्थ्यो वा तीन टर्म भने पनि हुन्थ्यो । अवधि तोकेर संस्थागत सुशासन हुने होइन ।

राष्ट्र बैंक भनेको हाम्रो  संरक्षक हो । गभर्नर, डेपुटी गभर्नरहरुले हामीले राम्रो गर्दा ‘वाहा..’ भन्ने हो, नराम्रो गर्दा ‘जा’ भन्ने हो । उहाँहरु नै हेरौं न राष्ट्र बैंकमा कार्यकाल सकिएको केही समयभित्रै हामीहरुकै संस्थाको अध्यक्ष, सञ्चालक, सिइओ बन्नु हुन्छ । त्यसमा पनि विचारै गर्नु पर्ने हो ।

आइहाल्यो । ठिकै छ । राष्ट्र बैंकले जे काम गर्छ राम्रो काम गर्छ । नराम्रो काम भएदेखि आउने दिनहरुमा उहाँहरुले नै चेन्ज गर्नु हुन्छ । राष्ट्र बैंकले नराम्रो गर्यो किन भन्नु परेको छ र ? हामीले त राम्रोसँग बैंक चलाउने न हो ।

मेगातिरै फर्कौं । मेगा बैंक ठिक ठिक चलिरहेको छ । डिभिडेन्ट, निक्षेप, कर्जा एभरेज छ । तर सँगै आएका बैंकहरुको तुलनामा भने खराव कर्जा मेगामा बढी छ ?
दुई कारणले हो । एउटा सँगै आएका अरु बैंकको रिटर्न र हाम्रो रिटर्न हेर्नुस् । हाम्रो रिटर्न माथि छ । दोस्रो डिभिडेन्डमा १२ प्रतिशत भनेको निकै राम्रो हो । मोर रिटर्न मोर रिक्स भन्ने कुरा पनि हुन्छ ।   

हामी आउँदा एउटा सेक्टरमा हामी गयौं त्यसले हामीलाई धोका दियो । त्यो भनेको हेवी इक्विपमेन्ट । हाम्रो व्यालेन्सिट सानो छ, त्यही भएर प्रतिशतमा कुरा गर्दा धेरै देखियो । तीन वटा एक्जाभेटरले मात्र ऋण नतिर्दा पनि खराव कर्जा वढ्छ । ठूला बैंकमा ३० वटाले नतिर्दा पनि खासै असर देखिन्न । एनपिए बढ्नुमा एउटा  कारण त्यो पनि हो । त्यो पनि सुरुको १८ महिनाको एनपिए हो त्यो, त्यसपछि हाम्रो एनपिए कम छ ।

अर्को ठूलो एनपिए एनएसएम हो । फाइनान्स कम्पनीको स्ट्यान्डर्ड चार्टर्ड भनिने नेपाल सेयर मार्केटमा हाम्रो १० करोड रुपैयाँ अन्तर बैंक कारोबारमा डुब्यो । त्यो वापतको सम्पति हामीले लिएका छौं । अहिले गएको कर्जाहरु क्वालिटीका छन् । कुनै समस्या छैन । हिस्टोरिकल एनपिएलले अलिकति समस्यामा पारेको हो ।   

मेगा बैंकको बारेमा एउटा प्रश्न सबैले गर्छन्, त्यो भनेको पूर्वसञ्चालन खर्च । किन सेटल नगरेको ?
आइ थिङ्क इट इज सेटल्ड्  । पूर्वसञ्चालनमा हाम्रो एकदमै पारदर्शीता थियो । किनभने जुन बैंकमा उहाँहरुले खाता खोल्नु भयो, त्यो बेला म त्यही (नबिल) बैंकको सिइओ थिएँ । त्यहाँ यसो उसो भएको भए मलाई थाहा भइहाल्थ्यो । त्यो भएन । जति उठ्यो खातामा हाल्नु भयो, जति ब्याज आयो त्यो देखाउनु भयो । उहाँहरुमा विजिनेस अनुभव नभएर पनि त्यो कुरा उठिरहेको हो । एकदमै पारदर्शी हुनु पर्छ भनेर पारदर्शिता देखाउनु भयो । जति उहाँहरुले ब्याजमा कमाउनु भएको छ, हामी सँगसँगै खुलेका बैंकभन्दा वढी ब्याज आम्दानी देखाउनु भएको छ ।

त्यही भएर उहाँहरुले खर्च पनि त्यसरी नै देखाउनु भयो । कुनै पनि पुँजी खर्चका रुपमा गएको छैन । खर्च भएको रकम ब्याजबाटै पुगेको छ । त्यो सेटल नभएको भए त सञ्चालन स्वीकृति नै आउँदैन थियो । यो मुद्दा सेटल भइसकेको छ । ओभर ट्रान्सपरेन्सी हुँदा पनि कहिलेकाँही समस्या हुन्छ । सिइओको तलव सुविधामा परेजस्तो ।

बैंक आउँदाखेरी नारा नै बोकेर आयो हलोदेखि हाइड्रोसम्म । तपाई सँगसँगै आएका बैंकले तपाईलाई हलोमा पनि जितिसकेका छन् र हाइड्रोमा पनि जितिसकेका छन् । जसले नारा लिएर आयो उ चै दोस्रो भइसकेको छ ?
बैंकिङ भनेको मिडियम टर्म पनि होइन एउटा लङटर्म विजिनेस हो । यो ट्रेडिङ होइन । हामीले ब्रान्चलेस बैंकिङ गर्दा हामी पहिलो थिएनौं । तर अहिले ब्रान्चलेसको कुरा हुँदा हाम्रो नाम अगाडि आउँछ । अहिले अर्को प्रोजेक्ट माइक्रो क्रेडिट गर्दै छौं  । सुदूरपश्चिममा यो प्रोजेक्ट गर्छौं । अलिकति समय लागोस् तर राम्रोसँग गर्नु पर्छ भन्ने हाम्रो बुझाइ हो ।

जे सुकै भने पनि हामी यहाँ पैसा कमाउन आएको हो । देश विकास, वित्तीय समावेशिता भनेको हामीले नाफा बनाइसकेपछि गर्ने कुरा हो । कति काम गर्यो भनेर कसैले हेर्दैन । कति पैसा बनायो भनेर सबैले हेर्छ ।

गएको सिजनको सुरुमा फुटवल क्लव चेल्सीले राम्रो गर्न नसकेपछि त्यहाँका कोचलाई सोधियो– खत्तम भयो नि सुरुवातै नराम्रो भयो । त्यसपछि कोचले भने– ह्वाट डु यु वान्ट ? गुड रिजल्ट इन द फस्र्ट सिक्स गेम ? अर द टाइटल इन द लास्ट सिक्स गेम ? प्रश्न त्यही हो ।

सबैभन्दा वढी निक्षेपमा ब्याज दिएँ भने पैसा ह्वार्र आउँछ । ऋण कम ब्याजमा दिएँ भने ऋण पनि ह्वार्र जान्छ । तर मैले त्यसबाट पैसा त बनाउन सक्दिन । म  यहाँ त पैसा बनाउन आएको हुँ ।


यो बैंक चलाउन लाग्दा वारम्बार तपाईंले भन्नु भएको थियो– हाम्रो बैंकिङ अहिलेको भन्दा निकै फरक हुने छ । अहिले फर्किएर हेर्दा अन्य बैंकभन्दा के नै फरक सेवा वा सुविधा दिनु भयो ?
जुन काम अरुले गरिरहेका छन् त्यो नगर्दा यहाँ सर्भाइभ हुन असम्भव छ । म शहरमा ऋणै दिन्न, कर्पोरेटलाई छुँदैछुन्न भन्न थाल्यो भने मेरो बैंकको दुई अर्ब ३३ करोड पुँजीलाई सर्भिस नै दिन सक्दिन । त्यसमा मात्रै सीमित नभएर हामीले नयाँ काम पनि गरेका छौं । जुन एसएमई भनेका छौं त्यहाँ हाम्रो एक्सपोजर वढी छ । मिड कर्पोरेट र एसएमईमा हाम्रो ५० प्रतिशतभन्दा वढी एक्सपोजर छ । नयाँ ग्राहकले बैंकसँग कारोबार गर्नै खोज्दैन तर हाम्रो फोकस त्यसमा छ । ती ग्राहक हामीले बनाइरहेका छौं । क वर्गको बैंक भएर पनि हामीले माइक्रो लेभलमा गएर काम गरिरहेका छौं । डोलिडारसँग मिलेर हामीले यस्तो काम गरिरहेका छौं ।

कतिपय कुराहरु चाँडो वोल्दा यस्तो भएको हो भन्ने लाग्छ होला नि ?
पक्का पनि । किनभने त्यो बेलामा मलाई एक्साइटमेन्ट थियो । इनर्जी थियो । आफूले आफैलाई विश्वास दिलाउनु पर्ने थियो । म एउटा सानो विकास बैंक वा फाइनान्स चलाएर आएको होइन । क वर्गको नम्बर वान बैंकलाई छाडेर अपरेटिङ लाइसेन्स नपाइसकेको संस्थामा आएको थिएँ । मेगा मल अगाडि प्लास्टिकको मेचमा बसेर भित्तामा रङ लगाइरहेको हेरेर मैले आफूले आफूलाई पनि त विश्वास दिलाउनु पर्ने थियो । केही न केही गर्नु पर्ने थियो । किनभने एउटा टिमलाई आकर्षित गर्नु पर्ने थियो । क वर्गको ठूलाठूला बैंकमा काम गरिरहेका मान्छेलाई एउटा भिजन देखाएर यतातिर आकर्षित गर्नु पर्ने थियो ।

मलाई आन्तरिकभन्दा पनि वाह्य वातावरण यस्तो होला भन्ने लागेको थिएन । त्यो बेलामा मान्छेहरु निकै आशावादी देखिएका थिए । संविधान आउँछ । संविधान आएपछि एउटा नयाँ अध्याय सुरु हुन्छ । यो भावना देशभरीमा थियो, एउटा अनिल शाहमा मात्र थिएन । माओवादीहरु जंगलबाट शान्ति प्रकृयामा आएका थिए । संविधानसभाको चुनाव भयो । मान्छेको आशाहरु धेरै दिन टिक्न सकेन ।

यो बैंक जसरी अगाडि वढेको छ म निराश छैन । वाहिर जे जे भए पनि हामी यहाँ पुग्यौं । जुन स्पिडमा जान सकिन्थ्यो भनेर मैले त्यो बेला भन्थे त्यो स्पिडमा जान नसकेको भने हो ।

मर्जरमा पनि तपाईहरुले फोकस गर्न थाल्नु भएको छ । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँग एमओयु नै भइसक्यो । नेटवर्कका लागि हो ?
मर्जर तीन किसिमले हुन्छ । रेगुलेटरले फोर्स गरेको मर्जर, विग्रिएका संस्थाहरुलाई थप विग्रिन नदिने मर्जर र अर्को स्वार्थी मर्जर, यो फाइदाका लागि गरिन्छ । यसले विजिनेस बढाउँछ । यस्तो मर्जर हामीले हेरिरहेका छौं । हामी पाँच वटा विकास क्षेत्रमा एउटा/एउटा क्षेत्रीय कार्यालय राख्ने योजनामा छौं । त्यो कार्यालयले त्यस क्षेत्र भरीका शाखालाई हेर्छ र क्षेत्रलाई हामीले केन्द्रबाट हेर्छौं ।

कहीँ न कहीँ सुरुवात गर्नु पर्छ भनेर हामीले पश्चिमाञ्चल लिन लागेको हो । पहिले एउटासँग सफल भएपछि त्यसपछि हामी अरुसँग जान्छौं । अरु संस्थासँग अहिले अनौपचारिक छलफल गरिरहेका छौं । हामीलाई उपयुक्त हुने संस्थाहरु कहाँ कहाँ छन् भनेर हामीले हेर्न सुरु गरिसकेका छौं । मेगासँग मर्ज गर्ने भनेपछि सकारात्मक सन्देश पनि जाँदो रहेछ ।