बन्दीपुर केवलकारले सर्वसाधारणलाई सेयर बेच्ने, २५ लाख ८० हजार कित्ता निष्काशन गर्ने

बिजमाण्डू
२०७९ चैत्र १५ गते १९:१० | Mar 29, 2023
बन्दीपुर केवलकारले सर्वसाधारणलाई सेयर बेच्ने, २५ लाख ८० हजार कित्ता निष्काशन गर्ने

काठमाडौं। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई बिक्री गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो।

सेयर निष्काशनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नियुक्ति सम्बन्धि सम्झौतापत्रमा एसबिआइका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका छन्।

अब बिक्री प्रबन्धकले सेयर जारी गर्ने सम्बन्धि सम्पूर्ण काम सुरु गर्छ। नेपाल धितोपत्र बोर्डमा आवेदन दिने र त्यहाँबाट स्वीकृति पाएपछि सेयर जारी हुने छ।