कान्तिपुर टेलिभिजनले प्रिमियममा आइपीओ जारी गर्न डाक्यो विशेष साधारण सभा, चुक्ता पुँजी पनि बढाउँदै

बिजमाण्डू
२०७९ चैत्र ३ गते ०९:५७ | Mar 17, 2023
कान्तिपुर टेलिभिजनले  प्रिमियममा आइपीओ जारी गर्न डाक्यो विशेष साधारण सभा, चुक्ता पुँजी पनि बढाउँदै

काठमाडौं। कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्न विशेष साधारण सभा डाकेको छ। सभा चैत १७ गते तिनकुनेमा हुँदैछ।

Tata
GBIME

कम्पनीले कति आइपीओ जारी गर्ने खुलाएको छैन। तर, यसअघि ७ लाख ५० हजार कित्ता प्रिमियम मूल्य थपि निष्कासन गर्ने बताएको थियो। जसका लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको थियो।

कम्पनीले आन्तरिकरूपमै चुक्ता पुँजी पनि बढाउँदै छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयर पनि पारित गर्दैछ।

कम्पनीले यसअघि आधारभूत सेयरधनीलाई हकप्रद पनि जारी गरेको थियो। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित गर्दै कुल ५ लाख ५८ हजार कित्ता हकप्रद निष्कासन गरेको हो। यसबापत ५ करोड ५८ लाख रुपैयाँ थप पुँजी कम्पनी थपिएको हो।