भक्तपुरमा यातायात मजदुरले सिन्धुली जान लागेको गाडी रोके, ड्राइभर र यात्रुलाई बसबाट निकालियो

बिजमाण्डू
२०७९ फागुन २ गते ०९:२६ | Feb 14, 2023
भक्तपुरमा यातायात मजदुरले सिन्धुली जान लागेको गाडी रोके, ड्राइभर र यात्रुलाई बसबाट निकालियो


भक्तपुर। यातायात मजदुर संगठनले ट्राफिक नियमको विरोध गर्दै भक्तपुरमा प्रदर्शन गरेका छन्। भक्तपुरको जगातीमा भेला भएका यातायात मजदुरहरुले राजमार्ग अवरुद्ध गरेर नाराबाजी गरेका हुन्।

Tata
GBIME
NLIC

प्रदर्शनरत यातायात मजदुरहरुले केही सार्वजनिक सवारीसाधन र मालवाहक सवारीसाधनलाई रोकेका छन्। काठमाडौंबाट सिन्धुली जान लागेको गाडीलाई रोक्दै उनीहरुले ड्राइभरलाई गाडीबाट निकालेका छन्। उनीहरुले ड्राइभरलाई हड्तालमा आफ्नो साथ दिन भन्दै नाराबाजी गरेका थिए।

त्यसक्रममा ड्राइभर र प्रदर्शनकारीबीच केही बेर सवालजवाफ चलेको थियो। प्रदर्शनकारीहरुले बसबाट यात्रुहरुलाई पनि निकालेका थिए। जसकारण यात्रुहरुबीच बाटोमा बिचल्लीमा परेका छन्।