बैंकहरुले माघको ब्याजदरलाई नै निरन्तरता दिए, विकास बैंक र फाइनान्सको घट्यो

बिजमाण्डू
२०७९ माघ २९ गते १०:०२ | Feb 12, 2023
बैंकहरुले माघको ब्याजदरलाई नै निरन्तरता दिए, विकास बैंक र फाइनान्सको घट्यो


काठमाडौं। राष्ट्र बैंकले नीतिगत ब्याजदरलाई यथावत राखेपछि बैंकहरुले पनि माघ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन्। 

Tata
GBIME
NLIC

नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर यथावत राख्‍ने निर्णय गरेको थियो। अहिले साधारण मुद्दतीको ब्याज दर ११ प्रतिशत छ। रेमिटेन्स खातामा भने १.७५ प्रतिशतसम्म थप ब्याज दिएका छन्।

शुक्रबार मौद्रिक नितिको अर्धवार्षिक समीक्षामा ओभर नाइट रिपोको ब्याजदर १.५ प्रतिशत घटाए पनि बाँकी दरहरुलाई विद्यमान अवस्थामा राखेको हो।

तर, विकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याजदर घटाएका छन्। विकास बैंकहरुले शुक्रबारको बैठकबाट निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दु घटाएका हुन्। अब व्यक्तिगत मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिने भएका जनाएका छन्। माघ महिनासम्म  १२ प्रतिशत ब्याज दिँदै आएका थिए।

त्यसैगरी, फाइनान्सहरुले १२.२० प्रतिशत ब्याज दिने भएका छन्। कतिपयले भने १२.५० प्रतिशतसम्म दिने जनाएका छन्।