जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो, डलर बलियो हुँदै जाँदा जापानी येन कमजोर   

बिजमाण्डू
२०७९ माघ २७ गते १४:५९ | Feb 10, 2023
जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो, डलर बलियो हुँदै जाँदा जापानी येन कमजोर   

टोकियो। जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो।

Tata
GBIME

विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३ औं महिनामा बढेको बैंक अफ जापानले जनाएको छ। योसँगै डिसेम्बरमा वृद्धिदर १०.५ प्रतिशतले बढेको बैंकद्वारा जारी रिपोर्टमा उल्लेख छ ।

उक्त अवधिमा आयात मूल्य एक वर्ष अघिको तुलनामा १७.८ प्रतिशतले बढेको छ। जापानी मुद्रा येनको कमजोरीले अमेरिकी डलरको तुलनामा अघिल्लो महिनाको तुलनामा कम भए पनि लागत बढाउन प्रयास जारी राखिएको केन्द्रीय बैंकले जनाएको छ।

निर्यात मूल्य येनको सर्तमा, रेकर्डिङ अवधिमा ९.० प्रतिशतले बढेको बीओजेले उल्लेख गरेको छ।    
कर्पोरेट वस्तुहरूको मूल्य सूचकाङ्कमा भएको वृद्धि विशेषगरी विद्युत, सहरी ग्यास र पानी लगायतका वस्तुहरूको मूल्यमा ४९.७ प्रतिशतले वृद्धि भएको बीओजेको तथ्याङ्कले देखाएको छ। 

फलाम र इस्पातको मूल्य १९.२ प्रतिशतले बढेको छ भने खाद्यान्न र पेय पदार्थको मूल्य भने यस अवधिमा ८.० प्रतिशतले बढेको बीओजेले जनाएको छ। (रासससिन्ह्‍वा)