अबदेखि स्वीकृत वित्तीय व्यवस्थापन हुने कर्जाको ब्याज पुँजीकरण छुट्टै लेखांकन गर्नुपर्ने

बिजमाण्डू
२०७९ माघ २६ गते २१:१६ | Feb 9, 2023
अबदेखि स्वीकृत वित्तीय व्यवस्थापन हुने कर्जाको ब्याज पुँजीकरण छुट्टै लेखांकन गर्नुपर्ने


काठमाडौं। बैंक तथा वित्तीय संस्थाले अबदेखि स्वीकृत हुने तथा फाइनान्सियल क्लोजर (वित्तीय व्यवस्थापन) हुने कर्जाको ब्याज पुँजीकरणको लेखांकन छुट्टै गर्नुपर्ने भएको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि जारी गरेको एकीकृत निर्देशन अनुसार एक्रुअल आधारमा लेखांकन गरिएको ग्रेस अवधिको ब्याजलाई पुँजीकरण गर्दा पुँजीकृत ब्याज रकमलाई इन्ट्रेस्ट क्यापिटलाइज्ड टर्म लोन (आइसीटीएल) शीर्षकमा छुट्टै लेखांकन गर्नु पर्ने छ।

आइसीटीएलमा लेखांकन भएको पुँजीकृत ब्याज बराबरको रकम प्रचलित नियम अनुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चिति मुनाफा खर्च गरी  इन्ट्रेस्ट क्यापिटलाइज्ड रिभर्ज (आइसीआर) खातामा लेखांकन गर्नु पर्ने छ।

यसरी लेखांकन भएको आइसीआरलाई नियमनकारी कोषअन्तर्गत राख्नुपर्ने छ। आइसीटीएलमा लेखाङ्कन भएको पुँजीकृत ब्याज रकम प्राप्त भएपछि त्यो रकमलाई आइसीआरबाट घटाइ सञ्चित मुनाफा हिसाबमा सार्दै लैजानु पर्छ।