आदर्श लघुवित्तको नाफा आधै घट्यो, दोस्रो बजारमा सूचीकृत भए लगत्तैको वृद्धिमा लाग्यो ब्रेक

बिजमाण्डू
२०७९ माघ २५ गते १०:५८ | Feb 8, 2023
आदर्श लघुवित्तको नाफा आधै घट्यो, दोस्रो बजारमा सूचीकृत भए लगत्तैको वृद्धिमा लाग्यो ब्रेक

काठमाडौं। आदर्श लघुवित्तको नाफा आधै घटेको छ। दोस्रो बजारमा सूचीकृत भए लगत्तै निरन्तर वृद्धि भइरहेको लघुवित्तको नाफा ५० प्रतिशत घटेको हो।

Tata
GBIME

पोहोर पुसमा १४ लाख ७० हजार रुपैयाँ कमाएको लघुवित्तले यसपटक ७ लाख ३३ हजार मात्रै कमाएको छ।

संस्थाको ब्याज आम्दानीमा पनि गिरावट आएको छ। पोहोर ९४ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको थियो। यसपटक ९० लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ। 

निक्षेप र कर्जा दुवै वृद्धि भएको देखिन्छ। तर, सापटी घटेको हो। कर्जासँगै खराब ऋण पनि बढेको छ। कर्जा जोखिम व्यवस्थापन बापतको रकम १४ लाख ४१ हजार रुपैयाँ पुगेको छ।

पोहोर निष्क्रिय कर्जाको अनुपात १.५६ प्रतिशतबाट बढेर २.२९ प्रतिशत पुगेको छ। प्रति सेयर आम्दानी ७.०९ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८३.३९ रुपैयाँ कायम छ।