यती एयर दुर्घटना : ४ जना अझै भेटिएनन्, खोजीमा सशस्त्र प्रहरीको गोताखोर

बिजमाण्डू
२०७९ माघ १ गते १७:४४ | Jan 15, 2023
यती एयर दुर्घटना : ४ जना अझै भेटिएनन्, खोजीमा सशस्त्र प्रहरीको गोताखोर


काठमाडौं। सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। ४ जना अझै भेटिएका छैनन्।

Tata
GBIME
NLIC

बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा गोताखोर र रोप रेस्क्यु  गरि १५ जनाको टोली पोखरा पठाइएको छ।

सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगि सकिएको छ।

बाँकी मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। उद्धारको लागि क्रेनको प्रयोग गरिएको छ।