अँध्यारोमा लेनदेनको अन्त्य गर्नुपर्ने गगन थापाको भनाई, ‘सेकेन्ड जेनरेसन रिफर्म चाहिन्छ’



बिजमाण्डू
२०७९ मंसिर १५ गते १०:५० | Dec 1, 2022

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बीमा कार्यक्रममा सरकारको भूमिका बढाउनु आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

आर्थिक पत्रकार समाज सेजनले राजधानीमा गरेको एक कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गगन थापाले स्वास्थ्य बीमा कार्यक्रममा सरकारको भूमिका नबढाए समस्या उत्पन्न हुने धारणा राखे।

यसैगरी उनले स्रोतको सुनिश्चितता नगरी वितरण मात्रै गर्ने गलत प्रणाली बसेको समेत बताएका छन्।

राजनीतिक कार्यक्रमहरु ल्याउँदा लोकप्रिय हुनका लागि गरिने यस्ता कामले गलत प्रणालीको विकास भैरहेको उनको भनाई छ। उनले भने- 'अब सेकेन्ड जेनरेसन रिफर्म चाहिन्छ।'

निजी क्षेत्रसँग पारदर्शी छलफल नगर्ने र अँध्यारो कोठामा लेनदेन गर्ने प्रवृत्तिको समेत अन्त्य गर्नुपर्ने उनले बताए। उनले भने-'अबको सरकारले यो सब अन्त्य गर्ने आँट गर्नुपर्छ।'