साताव्यापी कर दिवस: बालाजु अटो वर्क्ससहित चार करदातालाई कर कार्यालयको सम्मान

बिजमाण्डू
२०७९ मंसिर ७ गते १७:१४ | Nov 23, 2022
साताव्यापी कर दिवस: बालाजु अटो वर्क्ससहित चार करदातालाई कर कार्यालयको सम्मान


काठमाडौं। आन्तरिक राजस्व कार्यालय बालाजुले अटो वर्क्ससहित चार कम्पनीलाई सम्मान गरेको छ। 

Vigo
GBIME
Tata

कर दिवसको अवसरमा कार्यालयले चार करदातालाई सम्मान गरेको हो। कार्यालयले आफ्नो क्षेत्र अन्तर्गत धेरै कर तिर्ने पिस्टन भ्याली ड्राइपोर्ट, भ्याली पोल्ट्री प्रालि, बालाजु अटो वर्क्स प्रालि र गन्तव्य सहकारी संस्था लिमिटेड र रसुवालाई सम्मान गरेको हो।

ड्राइपोर्ट र भ्याली पोल्ट्री एउटै बिजनेस घरानाले सञ्चालन गर्दै आएको छ। पोल्ट्रीले देशभर कुखुराको चल्ला, दाना, मासुको उत्पादन, बिक्री वितरण गर्दै आइरहेको छ। यस्तै ड्राइपोर्टले सुक्खा बन्दरगाह सञ्चालन गर्दै आएको छ।

बालाजु अटो वर्क्सले महिन्द्रा कम्पनीका फोर ह्‍वीलरको पाटपुर्जा बिक्री र मर्मतको कारोबार गर्दै आएको छ। कम्पनीले ट्रेडिङतर्फ आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर दाखिला गरेको राजस्व कार्यालयले जनाएको छ।

कम्पनीका निर्देशक अर्जुनप्रसाद शर्मालाई कार्यालय प्रमुख लीलाप्रसाद शर्मा पंगेनीले प्रशंसापत्र दिएर सम्मान गरेको हो। कार्यक्रममा प्रमुख कर अधिकृत पंगेनीले करदाता र कर प्रशासकको सम्बन्ध राम्रो हुनुपर्ने बताए। 

आन्तरिक राजस्व विभागले चालु वर्षदेखि कर कार्यालयहरुलाई समेत उत्कृष्ट करदाताहरुलाई सम्मान गर्न अधिकार दिएको छ। कर कार्यालयले समयमै कर दाखिला गर्ने कुनै कर विवाद नभएको कम्पनीलाई मात्रै सम्मान गर्ने गरेको छ।