काठमाडौं। केएल दुगड समुहका अध्यक्ष किसनलाल दुगड सम्मानित भएका छन्। नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सबको अवसरमा दुगडलाई सम्मान गरेको हो।
बैंकले 'किसनलाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्राीको रुपमा स्थापनाकालदेखि नै व्यबसायिक साझेदारको रुपमा रहिरहेको र यो कुरा बैंकले चिरकालसम्म संस्थागत रुपमा स्मरण गर्ने' जनाएको छ।
मुलुकमा आर्थिक कारोबारलाई प्रवर्द्धन गर्दै रोजगारी सृजना गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने, आर्थिक कृयाकलाप सुचारु गर्दै उद्यमशिलता श्रीवृद्धि गर्ने कार्यमा किसनलाल दुगडले पुर्याएको योगदानको बैंकले कदर गरेको जनाएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुगडलाई सम्मान पत्र वितरण गरेका हुन्। दुगडले आफुले पहिलो बैंकिङ कारोबार नेपाल बैंकबाट गरेको स्मरण गरे। सन् १९६० मा नेपाल बैंक मार्फत नै एलसी खोलेर कच्चा जुट निर्यात गरेको उनले सम्झिए।
सन १९८१ मा एउटै एलसीमार्फत बैंककै ईतिहासमा आजसम्मैकै ठूलो एलसी मार्फत चामल बंगलादेश निर्यात गरेको, बैंककै साथका कारण आफु तथा आफ्नो समुहले कृषि तथा विभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग खोली उत्पादित वस्तुहरु विदेशसम्म निर्यात गर्न सक्षम भएको उनले बताए।