नेपाल आयल निगमले माग्यो १ सय २८ जना कर्मचारी, निर्देशकदेखि अपरेटर तहसम्म माग

बिजमाण्डू
२०७९ कात्तिक ४ गते ०९:३७ | Oct 21, 2022
नेपाल आयल निगमले माग्यो १ सय २८ जना कर्मचारी, निर्देशकदेखि अपरेटर तहसम्म माग


काठमाडौं। नेपाल आयल निगमले विभिन्न पदका लागि १ सय २८ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो।

Tata
GBIME
NLIC

निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फाराम भर्न सक्ने जनाएको छ।

योग्यता पुग्ने इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र दरखास्त फाराम पेस गर्नसक्ने जनाइएको छ। निगमले ११ तहदेखि अरु सबै तहमा १ सय २८ जना कर्मचारीको माग गरेको छ।

जसमा चौथो र पाँचौको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ। त्यस्तै छैटौं तहदेखि माथिका पदको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। साथै महिला एवं अपांगता भएकाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।