
काठमाडौं। धादिङमा कारखाना ह्वासिन सिमेन्ट नारायणीले नायब महाप्रबन्धकदेखि सेफसम्मका २५ जना कर्मचारीहरु माग गरेको छ।
कम्पनीले शुक्रबार सूचना जारी गर्दै कम्पनीलाई आवश्यक नायब महाप्रबन्धकदेखि सेफसम्मका २५ जना कर्मचारी मागेको हो। एक वर्षका लागि मात्र कर्मचारी माग गरिएको हो।
यसमा आवेदन दिएर पदमा छनोट हुने कर्मचारीको कार्यरत रहने अवधि १ वर्षसम्म मात्र हुनेछ। नायब महाप्रबन्धकका लागि शैक्षिक योग्यतामा एमबीए र ९ वर्षसम्म काम गरेको अनुभव चाहिने कम्पनीको सूचमा उल्लेख छ।
क्वालिटी कन्ट्रोलर, इन्जिनियर, इलेक्ट्रिसियन, मेकानिकलगायत अन्य पदमा कर्मचारी माग गरिएको छ।
उक्त पदहरुमा आवेदन दिने व्यक्तिहरुले ७ दिनभित्र फाराम भर्नु पर्नेछ।