अब ९ दिनपछि मात्रै खुल्नेछ सेयर बजार, दसैंपछि कसरी अघि बढ्ला त सेयर बजार ?

बिजमाण्डू
२०७९ असोज १३ गते १६:०३ | Sep 29, 2022
अब ९ दिनपछि मात्रै खुल्नेछ सेयर बजार, दसैंपछि कसरी अघि बढ्ला त सेयर बजार ?


काठमाडौं। दसैंलाई हरियालीसहित स्वागत गरेको नेपाल स्टक एक्सचेन्ज आ‍उँदो नौं दिनका लागि बन्द हुनेछ।

Tata
GBIME
NLIC

बिहीबार अन्तिम कारोबार भएर बन्द भएको सेयर बजार आगामी २३ गतेबाट मात्रै खुल्ने छ। दसैं बिदाअघिको अन्तिम कारोबार दिन हरियालीका साथ बन्द भएको बजारले केही समय वृद्धिलाई निरन्तरता दिने संकेत दिएको छ।

चाडपर्वको माहोलले सेयर बजारबाट पुँजी पलायन भएको छ। मुद्दती जस्ता निश्चित प्रतिफलमा लगानी केन्द्रित हुन थालेको जानकारहरु बताउँछन्।

तर ब्याज बढ्दा पनि बजारले वृद्धि लिँदा सकारात्मक संकेत देखाएको लगानीकर्ताहरुको धारणा हो।

खर्च बढ्न थाले लगत्तै प्रणालीमा केहि रकम फर्किएको पनि छ। यसले बजार बढ्न बल पुग्छ। पछिल्लो अवस्था बजारले शक्ति सञ्चितिमा समय खर्चेको हुँदा पछिल्लो समय बजारको प्रदर्शनी अनुमानित लय विपरित छ।