काठमाडौं । संवैधानिक निकायमा ४ वर्ष अघि नियुक्त भएका पदाधिकारीहरुको पद जोगिएको छ। संवैधानिक इजलासले सो नियुक्तिविरुद्धको रिट खारेज गरेसँगै उनीहरुको पद जोगिएको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमान्यायाधीशहरुको राय बाझिएर ३-२ ले निर्णय सदर भएको हो।
रिट खारेजीको पक्षमा सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल रहेका छन्। उनीहरुले विपक्षी दलका नेताको कुनै उजुरी नरहेको, तत्कालीन सभामुखलाई बैठकको जानकारी पठाइएको रिटबाटै देखिएको समेत आधारमा रिट खारेज हुने ठहर गरेको हो। साथै सपनाले संसदीय सुनुवाइका लागि परमादेश समेत दिएकी छन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधिक नहकुल सुवेदीले वैशाख २६ को नियुक्ति सिफारिस बदर हुनुपर्ने राय लेखेका छन्।
हेर्नुस पूर्णपाठ