
काठमाडौं । साताको पहिलो दिन आइतवार सुन तोलामा एक सय रुपैयाँ घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि छापावाला सुन प्रति तोलाको ५९ हजार आठ सय रुपैया तोकेको हो । गत शुक्रवार सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलामा ५९ हजार नौ सय रुपैयाँमा कारोवार भएको थियो । भारतीय रुपैयाँ डलरसँग अधिमूल्यन हुँदा नेपाली मुद्रामा परेको प्रभावले सुनको मूल्य घटेको हो । डलर सस्तो हुँदा नेपालका लागि सुन, पेट्रोलियम पदार्थ लगायतका वस्तु सस्तो पर्दछ ।
आइतवार पनि चाँदीको मूल्यमा कुनै परिवर्तन भएन । केहि दिन यता चाँदीको मुल्य स्थिर छ । शुक्रवार चाँदी प्रति तोलाको एघार सय ८५ रुपैयामा कारोवार भएको थियो ।