BIZMANDU
www.bizmandu.com

डलर सस्तो हुँदा असर सुनमा, तोलामा सय रुपैयाँ घट्यो, मूल्य ५९ हजार आठ सय रुपैयाँ

२०६९ असोज १४

डलर सस्तो हुँदा असर सुनमा, तोलामा सय रुपैयाँ घट्यो, मूल्य ५९ हजार आठ सय रुपैयाँ
डलर सस्तो हुँदा असर सुनमा, तोलामा सय रुपैयाँ घट्यो, मूल्य ५९ हजार आठ सय रुपैयाँ

काठमाडौं । साताको पहिलो दिन आइतवार सुन तोलामा एक सय रुपैयाँ घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि छापावाला सुन प्रति तोलाको ५९ हजार आठ सय रुपैया तोकेको हो । गत शुक्रवार सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलामा ५९ हजार नौ सय रुपैयाँमा कारोवार भएको थियो । भारतीय रुपैयाँ डलरसँग अधिमूल्यन हुँदा नेपाली मुद्रामा परेको प्रभावले सुनको मूल्य घटेको हो । डलर सस्तो हुँदा नेपालका लागि सुन, पेट्रोलियम पदार्थ लगायतका वस्तु सस्तो पर्दछ ।
आइतवार पनि चाँदीको मूल्यमा कुनै परिवर्तन भएन । केहि दिन यता चाँदीको मुल्य स्थिर छ ।  शुक्रवार चाँदी प्रति तोलाको एघार सय ८५ रुपैयामा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life