घर सजाउन माछा ल्याउनु हुन्छ? सरकारले बढायो कर, एउटै माछाको सय रुपैयाँसम्म कर तिर्नुपर्ने

बिजमाण्डू
२०७५ फागुन ९ गते १७:०९ | Feb 21, 2019
घर सजाउन माछा ल्याउनु हुन्छ? सरकारले बढायो कर, एउटै माछाको सय रुपैयाँसम्म कर तिर्नुपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। सजावटका लागि ल्याइने माछाको नयाँ करको दर निर्धारण भएको छ। माछा ल्याउँदा तिर्नुपर्ने गैर कर राजस्वको दर मन्त्रिपरिषदले तोकेको छ। 

यसअघि निर्धारित दरमा तीन गुणासम्म वृद्धि गरि सरकारले नयाँ दर तोकेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ दर निर्धारण गरेको जानकारी दिए।  

मन्त्री बाँस्कोटाका अनुसार यसअघि कोइकाप माछाको प्रति गोटा २ रुपैयाँ ५ पैसा राजस्व रहेकोमा अब एउटाको ५ रुपैयाँ, दुईवटाको १०, तीनवटाको १५ रुपैयाँ र प्रति केजी ५०० रुपैयाँ निर्धारण गरिएको छ। 

यसैगरी फिंगरलिङ माछाको प्रतिगोटा १० रुपैयाँ तोकिएको छ। एड्भान्स फिंगरलिङको अब प्रतिगोटा १५ रुपैयाँ कर लाग्नेछ। बाँस्कोटाका अनुसार बलुन नोलिस ब्लाक माछाको प्रतिगोटा ५ रुपैयाँ, दुईवटाको १० रुपैयाँ र तीनवटाको १५ रुपैयाँ कर तोकिएको छ। 

उनका अनुसार थाइ गप्पी, कमेन्ट गोल्ड फिस र ओरेन्डा गोल्डको पनि दोब्बरले गैरकर बढाइएको छ। अब आरोवाना सिल्भर माछा एउटाको एकसय रुपैयाँ कर तिर्नुपर्छ।