जङ्गल सफारी लजले ल्यायो दसैंतिहार अफर, ६९९९ रुपैयाँमा दुई रात तीन दिनको प्याकेज



बिजमाण्डू
२०७५ असोज १३ गते ११:०७ | Sep 29, 2018
जङ्गल सफारी लजले ल्यायो दसैंतिहार अफर, ६९९९ रुपैयाँमा दुई रात तीन दिनको प्याकेज

काठमाडौं। चितवनको सौराहामा रहेको जङगल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी “यसपालीको दसैं तिहार चितवनमा” योजना ल्याएको छ। 

Tata
GBIME
Nepal Life

असोज १५ देखि कार्तिक मसान्तसम्म लागु हुने यस योजना अन्तर्गत पर्यटकले दुई रात तीन दिनको प्याकेज ६ हजार ९ सय ९९ रुपैयाँमा सौराहा घुम्न पाउनेछन्। 

प्याकेजमा सहभागी हुनेले लन्च, डीनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार पर्यटकहरुले यो प्याकेजमा खाना अलवा जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्। 

हामीले यस पटक जीप सफारीलाई प्राथमिकता दिएका छौं, तर अतिरिक्त शुल्क तिरेर हात्ती सफारी पनि गर्न सकिन्छ, घिमिरेले भने। विदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएको घिमिरेले बताए।

सहुलियत मुल्यमा पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको अन्य गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ। 

सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि पनि विभिन्न प्याकेज योजना ल्याएको उनले जानकारी दिए।