यति एयरलाइन्स थप्यो तेस्रो एटिआर, एटिआर -७२ जहाजमार्फत पोखरा र भद्रपुर उडान भर्ने

बिजमाण्डू
२०७५ असोज ३ गते १६:१० | Sep 19, 2018
यति एयरलाइन्स थप्यो तेस्रो एटिआर, एटिआर -७२ जहाजमार्फत पोखरा र भद्रपुर उडान भर्ने



काठमाडौं। यति एयरलाइन्सले मंगलबार तेस्रो एटिआर ७२-५०० ल्याएको छ।

GBIME
Tata

एमएसएन ७७६ कलसाइनको जहाज फ्रान्सको टुलुसबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौं ल्याइएको कम्पनीले जनायो।कम्पनीका अनुसार जहाजमा यति एयरलाइन्सका क्याप्टेन प्रमोद पौडेल, रमोद श्रेष्ठ, सेन्द्र कुवँर, वरिष्ठ इन्जिनियर सुरेशकुमार बज्राचार्य र नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधी भरतराज पराजुली लगायत आएका थिए।     
 
ट्विन इन्जिन टर्बोप्रोब प्रकारको जहाज (एटिआर ७२-५००) सफल क्षेत्रीय क्यारियर रहेको कम्पनीले जनाएको छ। हाल एयर न्युजिल्याण्ड, बैंकक एयरवेज, मालिन्दो एयरलाइन्स लगायतले यो जहाज चलाउँदै आएका छन्।कम्पनीका अनुसार एटिआर ७२ नेपालका लागि नयाँ किसिमको जहाज हुनेछ।यो जहाजले भद्रपुर र पोखरामा उडान भर्ने  कम्पनीले जनाएको छ।