पर्यटनमन्त्रीले कर्मचारीलार्इ भने-‘मदन खरेल र सुगतरत्न कंसाकार मिलेर काम गर्ने प्रतिवद्धता छ’



बिजमाण्डू
२०७५ असोज १ गते १६:५१ | Sep 17, 2018
पर्यटनमन्त्रीले कर्मचारीलार्इ भने-‘मदन खरेल र सुगतरत्न कंसाकार मिलेर काम गर्ने प्रतिवद्धता छ’



काठमाडौं। पर्यटनमन्त्री रविन्द्र अधिकारीले कार्यकारी अध्यक्ष मदन खरेल र प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार मिलेर काम गर्ने प्रतिवद्धता जनाइसकेको बताएका छन्।

Vigo
GBIME
Tata

‘उहाँहरु दुबैजनाले मिलेर काम गर्न प्रतिवद्धता जनाउनुभएको छ। दुबै जनाले काम गर्दा निगम अझै राम्रो हुन्छ’ आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको भेटमा मन्त्री अधिकारीले भने,उहाँहरु दुबैजनालार्इ काम गर्ने वातावरण बनाइदिनुहोला।‘

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीसहितको टोलीले निगमभित्र दुर्इजना कार्यकारी पदमा हुँदा द्धन्द्ध निम्तिने बताएका थिए।‘निगम अहिले राम्रोसँग चलिरहेको थियो। दुर्इवटा नयाँ जहाज आएपछि नयाँ गन्तब्य थप्ने चरणमा रहँदा दुर्इजना कार्यकारी पदमा आउँदा समस्या हुन्छ।त्यसैले यसमा पुर्नविचार आवश्यक छ’ कर्मचारीले भनेका थिए।