मध्यमस्तरीय करदाता कार्यालयमा अर्थमन्त्रालयले ८ जना उपसचिव पठायो, को को गए?

बिजमाण्डू
२०७५ साउन २१ गते १५:०८ | Aug 6, 2018


काठमाडौँ। मध्यमस्तरीय करदाता कार्यालयकालागि अर्थ मन्त्रालयले ८ जना उपसचिव पठाएको छ।

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालय मातहत कार्यरत रहेका उनीहरूलाई नयाँ खुलेको कार्यालयमा पठाइएको हो। अर्थ मन्त्रालय प्रशासन महाशाखाका अनुसार नरनाथ गिरी, युवराज श्रेष्ठ, कमला खरेल, तारा भुषाल, टंक पन्थी, डमरू पराजुली, दिलिप अधिकारी र मुकुन्द पोखरेललाई काजमा पठाइएको हो।

अर्थ मन्त्रालयले तीनवटा क्षेत्रीय कर कार्यालय खारेज गर्दै सिर्जना गरेको कार्यालयमा कर्मचारी व्यवस्थापन गरिएको हो। यो कार्यालयको नेतृत्व सहसचिव झक्कप्रसाद आचार्यले गर्नेछन्।

आचार्यलाई केही समयअघि अर्थबाट कार्यालय पठाइएको थियो। यो कार्यालयले ठूला करदाता कार्यालयको कार्यक्षेत्र घटाएर यो कार्यालय खोलिएको हो।

यो कार्यालयले ४० करोड रूपैयाँदेखि ८० करोड रूपैयाँसम्म कर तिर्ने कार्यालय हेर्ने गरी कार्यक्षेत्र तोक्ने तयारी मन्त्रालयले गरेको छ।

विद्यमान संरचनाअनुसार ठूला करदाता कार्यालयललाई ४० करोड रूपैयाँभन्दा धेरै कर तिर्ने करदाता हेर्ने जिम्मेवारी दिइएको छ।